भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''तपाईंलाई थाहा छ, दिनमा कति पटक मुख धुनुपर्छ ''

तपाईंलाई थाहा छ, दिनमा कति पटक मुख धुनुपर्छ
गर्मी मौसम सुरु भयो । अब आफ्नो मुहारको छालालाई आकर्षक र राम्रो बनाउन तपाईंले केही साधारण कुरालाई ध्यान दिनुभयो भने ब्युटी पार्लर नै नपुगी तपाईंले आफूलाई सुन्दर बनाउन सक्नुहुनेछ । त्यसका लागि केही नियमको पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
छालाको स्याहारका लागि त्यसको हेरचाहका साथै खानपिनमा पनि ध्यान पुर्‌याउनुपर्छ ।
सन्तुलित खाना खाने बानीको विकास गर्नुभयो भने त्यसको प्रभाव तपाईंको अनुहारको छालामा देखिनेछ । त्यसका लागि दैनिक रुपमा जुस, फाइबरयुक्त खानेकुराका साथै शरीरलाई चाहिने पानी पिउनुपर्दछ । जसको पोषणले तपाईंको अनुहारको छालालाई चम्काउने गर्दछ ।
तपाईंले दिनमा कतिपटक आफ्नो मुहार धुनुहुन्छ त्यसले पनि छालालाई राम्रो बनाउन मद्दत गर्दछ । तपाईंको छाला बढी ओयली(चिल्लो) छ भने दिनमा दुई पटक अनुहार धुनुपर्दछ । सुख्खा छाला भएमा दैनिक एक पटकमात्र धुनुभयो भने पनि पयाप्त हुनेछ ।
धेरै पटक अनुहार धोएमा छाला चम्किलो हुने मानिसको विश्वास छ तर, धेरै पटक अनुहार धुनुपनि छालाको लागि हानिकार हुनसक्छ । बढी चिल्लो छाला भएमा पनि दिनमा तीन पटकभन्दा बढी धुनु छालालाई हानी पुर्‌याउनु हो ।
यदी तपाईंको छालामा साना सेता दाग छन् भने समयसमयमा सफा गर्न सक्नुहुनेछ ।
गर्मी बढेसँगै छालाको स्याहार गर्न विशेष ध्यान दिनु जरुरी छ । त्यसैले आफ्नो मुहार धुनु अघि निम्न कुरामा ध्यान पुर्‌याउनुहोस् ।
बिहानै मुख धुनुहोस्
तपाईं बिहान बिस्ताराबाट उठ्ने बित्तिकै आफ्नो दाँत माध्नुहोस र मुख धुनुहोस् । मुख धुँदा तपाईंको छालालाई फाइदा गर्ने फेसवासको पनि प्रयोग गर्न सक्नुहुनेछ । बिहानै मुख धुनु छालाको हेरचाहको लागि महत्वपूर्ण कुरा हो । बिहानको मुख धुवाईले अनुहारमा भएको फोहोर सफा हुनुका साथै तपाईंलाई स्वस्थ्थ र फ्रेस महशुस हुनेछ ।
अपरान्हमा चिसो पानीले धुनुहोस्
यदी तपाईंको छाला ओयली (बढी चिल्लो) भएमा छालासम्बन्धीका चिकित्सकहरुसँग सल्लाह गरेर आफ्नो छालालाई फाइदा गर्ने साबुन तथा कुनै पनि फेसबासको प्रयोग गर्नु राम्रो हुन्छ ।
त्यस्तै तपाईंले चिसो पानीले मुख धुन सक्नुहुनेछ । अपरान्हको समयमा चिसो पानीले मुख धुँदा तपाईलाई फ्रेश महशुस हुनका साथै तपाईंको मुहारमा भएको चिल्लो पदार्थ पनि निस्किएर जानेछ ।
साँझमा पनि सफा गर्नुहोस्
दिनभरको काम सकेर घर फर्केपछि आफ्नो अनुहार धुनु जरुरी हुन्छ । घर फर्केर नुहाउने गर्नुभएको छ भने पनि मुहारलाई राम्ररी सफा गर्नुहोस् । यसले आफ्नो दिनभरको थकान मेटिनुका साथै अनुहारमा भएको फोहोर पनि सफा हुनेछ । तपाईंले चाहेमा हर्बल फेसवासको प्रयोग गर्नसक्नुहुनेछ । गर्मीयाममा यसको प्रयोग गर्नु स्वस्थकर मानिन्छ ।
दागरहित छाला बनाउनका लागि निम्न उपाय अपनाउन सक्नुहुनेछः
– मुहार सफा गर्ने समयमा प्रत्येक पटक फेसवासको प्रयोग गर्नु राम्रो मानिँदैन । फेसवासमा रहेका रसायनिक तत्वले तपाईंको अनुहारको छालाको कोमलपना बिगार्नसक्छ । त्यसैले प्राकृतिक छालामा असर पर्नसक्छ ।
– तपाईंको छाला अत्यधिक चिल्लो छ भने प्रत्येक समय फेसवास प्रयोग गर्नुको सट्टा स्किन टोनरको प्रयोग गर्न सक्नुहुनेछ । तर, पानीले मात्रै धुनु यी सबैभन्दा राम्रो हुन्छ ।
– त्यस्तै तपाईंको छाला संवेदनशिल छ भने मनतातो पानीले अनुहार धुनु राम्रो मानिन्छ । साना बालबालिकालाई नुहाउन प्रयोग गरिने साबुन अनुहार धुनका लागि प्रयोग गर्न सक्नुहुनेछ ।
–धेरै पटक र धेरैबेरसम्म अनुहार नधुनुहोस् यसले तपाईंको छालालाई नोक्सान पुर्‌याउन सक्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस