भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''रामदेवको हृदयघातका कारण मृत्यु ! थाहा पाउनुस् यो भाइरल खबरको वास्तविकता''


रामदेवको हृदयघातका कारण मृत्यु ! थाहा पाउनुस् यो भाइरल खबरको वास्तविकता

योगगुरु रामदेवको मृत्युको खबर पछिल्ला दिनमा सोसल मिडियादेखि वाट्सएपमा निकै सेयर भयो । खबरका अनुसार रामदेव बैंकको लाइनमा बसेका बेला अचानक हृदयघात हुँदा मृत्यु भएको हो ।

यति मात्र होइन, उनका दुई फोटो पनि निकै भाइरल भए । अन्त्यमा, रामदेव आफूले नै आफ्नो मृत्युको खबर झुट भएको पुष्टि गरे । उनले सोसल मिडियामा लेखे, ‘यो खबर झुटो हो र मलाई कहिले पनि यस्तो रोग लागेको छैन । म योगमार्फत लामो जीवन बाँचिरहेको छु ।’

– वास्तवमा सोसल मिडियामा भाइरल भएका दुई फोटोमध्ये एउटामा रामदेवलाई एम्बुलेन्समा लैंजादै गरिएको छ ।

– यस्तै अर्को फोटोमा उनी स्ट्रेचरमा सुतिरहेका छन् र उनलाई अस्पताल पुर्याइएको छ ।

– यी दुई फोटोको आधारमा बाबा रामदेवको बैंकको लाइनमा बस्दा बस्दै मृत्यु भयो भन्ने खबर भाइरल भयो ।

रामदेवको कुनै बैंक अकाउन्ट छैनः

– एक न्यूज च्यानलसँग कुराकानी गर्दै बाबा रामदेवले आफ्नो मृत्युको खबर भाइरल हुँदा चकित भएको बताए । उनले खबरको खण्डन गर्दै भने, ‘तपाईंहरु आफैं देख्नसक्नुहुन्छ– म यहाँ मज्जाले उभिएको छु । जिउँदो छु , यो मेरो भूत होइन ।’

– रामदेवका अनुसार उनको कुनै बैंक खाता छैन । म जहाँ जान्छु त्यहाँ म खाने बस्ने व्यवस्था मिलाइएको हुन्छ ।

– ‘मलाई पैसाको कमी छैन, त्यसकारण म किन बैंकको लाइनमा बस्थें र ?’

‘मैले थुप्रै मानिसलाई हृदयघातबाट बचाएँ ’

– उनी भन्छन्, ‘मानिसहरुले सबैभन्दा पहिले म बेहोस भएको र त्यसपछि मेरो हृदयघातका कारण मृत्यु भएको बताए । जबकी वास्तविकता यो हो कि हामीले योगको माध्यमबाट हज्जारौं मानिसलाई हृदयघातबाट बचाएका छौं ।’

– ‘म पूर्ण रुपमा स्वस्थ छु । त्यसकारण यो खबर पूर्ण रुपमा बकवास हो,’ उनले भने ।



भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस