भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''अनुहार गोरो बनाउने उत्कृष्ट उपाय, थाहा पाऔं प्रयोग गर्ने तरिका


अनुहार गोरो बनाउने उत्कृष्ट उपाय, थाहा पाऔं प्रयोग गर्ने तरिका

बेसारमा एन्टी ब्याक्टेरियल र एन्टिबायोटिक गुण हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चाउरी पर्नबाट मद्दत गर्दछ । ब्युटी एक्सपर्ट शीला एन किशोरका अनुसार बेसारले छालालाई गोरो बनाउन निकै सहयोग गर्दछ । छालामा लगाउनका लागि बजारमा पाइने बेसारभन्दा घरको बेसार प्रयोग गर्दा राम्रो हुन्छ ।

यसरी बनाउनुहोस् पेष्टः

बेसारमा बेसन, कागतीको रस र दही मिसाएर अनुहारमा लगाउनुहोस् । यसले गोरी बनाउँछ ।

बेसारमा मह र ओलिभ ओइल मिसाएर छालामा लगाउनुहोस् । यसले छाला खस्रो हुनबाट जोगाउँछ र अनुहार चम्किलो बनाउँछ ।

जैतुनको तेलमा एक चुट्की बेसारको पाउडर मिसाएर अनुहारमा हल्का मालिश गर्नुहोस् । यसले चाउरीपनाबाट जोगाउँछ ।

आलुको रसमा बेसारको पाउडर मिसाएर आँखाको मुनी ‘डार्क सर्कल’ मा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसले डार्क सर्कललाई हटाउन सहयोग गर्दछ ।

दुधको तरमा बेसारको पाउडर मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । यसले अनुहारको चमक बढाउँछ ।

बेसनमा दही र बेसार मिसाएर हाथ–खुट्टामा लगाउँदा छाला गोरो हुन्छ ।

महमा गुलाब जल र बेसार मिसाएर गर्धनमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसो गर्दा छाला गोरो हुन्छ ।

गोलभेडाको रसमा गुलाब जल र बेसारको पाउडर मिसाएर लगाउँदा घामले डढेको हट्छ । यसले छालामा ग्लो बढाउनका लागि सहयोग गर्दछ ।

बेसारमा चन्दन पाउडर र दही मिसाएर लगाउँदा अनुहारको दाग धब्बा हट्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस