भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''केशलाई कलर कसरि गर्नु पोर्छा र कलर गर्नुअघि के-के गर्नु जरुरी हुन्छ पुरा जानकारी हेर्नु होला ''

केशलाई कलर गर्नुअघि के-के गर्नु जरुरी हुन्छ
केही घन्टाअघि राम्रो स्याम्पुले नुहाउनुपर्छ । स्याम्पु गर्दा डिप कन्डिसनर लगाउनु आवश्यक हुन्छ, जसले केशमा केमिकल परे पनि कन्डिसनरले उक्त क्षति कम गर्छ ।
कस्तो रंग छनोट गर्ने ?
...
आफ्नो केशको रंगभन्दा १-२ लेयर मात्र हल्का रंग छान्नुपर्छ । यसबाट केशमा लगाइएको कलरलाई छिटोछिटो रिटच गर्ने झन्झटबाट मुक्त भइन्छ । आफूलाई मन परेको जुनसुकै कलर लगाउन सकिन्छ तर गुणस्तरमा ध्यान पुर्‍याउनुपर्छ ।
केशको प्रकारअनुसार कलर गर्ने तरिका फरक हुन्छ ?
नरम केशमा जहिले पनि वान स्टेप हाई गर्नुपर्छ । फ्रिजी हेयरमा छिटो कलर बस्छ र ड्यामेज हेयरमा कलर गर्दा पहिले हेयर स्पा गरी पछि कलर गर्नुपर्छ । कलर गरेपछि जहिले पनि स्याम्पु गर्नुपर्छ । स्याम्पु पखालेपछि हेयर स्पा एकछिन राखेर पखाल्नुपर्छ ।
केशमा कसरी रंग लगाउँदा सबैतिर राम्रो तरिकाले रंग बस्छ ?
केशमा रंग लगाउँदा माथिल्लो भागमा राम्रोसँग तानीतानी लगाउनुपर्छ । केशमा रंग बस्ने वा नबस्ने कुरा केशमा भर पर्छ । कालो, मोटो रेसा भएको केशमा रंग बस्न अलि गार्‍हो हुन्छ भने नरम तथा मसिनो रेसामा छिटै रंग बस्छ ।
हेयर कलरलाई लामो समय टिकाउने उपाय के छ ?
कलरलाई टिकाउन हेयर कलर स्याम्पु नै प्रयोग गर्नुपर्छ । नुहाउँदा तातोपानी प्रयोग नगर्ने तथा टि्रटमेन्ट क्रिम पनि कलर लगाइएको केशमा कमै मात्रामा प्रयोग गर्ने । केशलाई हावा र घामका साथै स्वीमिङ पुलको क्लोरिनबाट पनि जोगाउने ।
कसैकसैमा भित्र बढी र बाहिर कम रंग बसेको पाइन्छ नि ?
कलरका बारेमा थाहा नभएर यस्तो भएको हो । केशको बाहिरी भागको अनुपातमा भित्री भागमा हिट बढी हुन्छ र कलर मिक्स गर्दा डिप्लपर पनि मिक्स गरिन्छ । डिप्लपर पहिले नै हिट हुन्छ । टाउकाको हिट र डिप्लपरको हिट दुवै मिलेपछि बढी नै हिट हुन्छ । यद्यपि कलर अप्लाई गर्दा रुट भन्दा २ इन्च छाडेर अप्लाई गर्ने र २५ मिनेटपछि २० भोलुम मिक्स गरेर रुटमा कलर लगाउने । यसलाई १० मिनेटपछि पखाल्नुपर्छ ।
कलरले केश बिगार्छ भनिन्छ नि ?
कलर गर्नुभन्दा पहिले अमोनिया केयर वा हेयर मास्क गर्ने । कलर केशमा कम केमिकल भएको स्याम्पु प्रयोग गर्ने । कन्डिसनरको साटो हेयर स्पा प्रयोग गर्ने । कलरलाई सकेसम्म जरामा नछुवाउँदा समस्या हुँदैन ।
अनिता खड्का, ब्युटिसियन, कलंकी ब्युटिपार्लर
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस