उत्तम अधिकारी
अबुधावी । सुदुर पश्चिमको दार्चुलामा असार पहिलो साता आएको बाढीका कारण घर बार बिहिन हुन पुगेका पीडित परिवारका लागि यूएईमा बृहत रुपमा राहत संकलन हुने भएको छ । नव गठित राहत तथा उद्धार समिति यूएईको तदर्थ समितिले यूएईभर बाट सहयोग संकलन गरि सम्बन्धित ठाउँमा पुर्याउने घोषणा गरेको छ ।
राहत, उद्धार तथा सहयोगमा मात्र सम्पुर्ण ध्यान केन्द्रित गरि सोही उद्देस्यका लागि स्थापना भएको उक्त समितिले यहाँ क्रियाशिल संघ संस्था र संगठनहरू सँग हातेमालो गर्दै यूएईमा नेपालीहरू माथि आइपर्ने बिभिन्न समस्याहरुमा सकेसम्मको सहयोग र आवस्यकता अनुसार उद्धार कार्यमा सहजिकरण गर्ने तथा नेपालमा समय समयमा घट्ने दैबी प्रकोपका घटना बाट पीडित नेपालीलाई यथासक्य राहत सहयोग उपलब्ध गराउने छ ।
यहि शिलशिलामा समितिले दार्चुलाका बाढी पीडितका लागि यूएईमा रहेका नेपालीहरू बाट आर्थिक सहयोगका साथै जिन्शी (लत्ता कपडा) समेत संकलन गर्ने भएको छ । यूएईमा क्रियाशिल संघ संस्था, संगठन तथा समाजसेवी, ब्यबशायी लगायत सिंगो नेपाली समुदायलाई आ-आफ्नो गच्छे अनुसारको आर्थिक सहयोगका लागि हात अघि बढाउन आग्रह गर्दै नयाँ तथा त्यसै थन्किएर रहेका तर नच्यातिएका र नफाटेका लत्ता कपडाहरू उपलब्ध गराई घर बार बिहिन भएर कठिन परिस्थितिमा जीवन् गुजारा गरिरहेका पीडित नेपालीहरूलाई सहयोग गर्ने मानविय सेवामा अग्रसर भई दिनका लागि यहाँ रहेको सिंगो नेपाली समुदाय सँग अपिल गरेको छ ।
जिन्शी तर्फ समितिले नयाँ तथा प्रयोग भैसकेका सर्ट, प्यान्ट, टोपी, टि-शर्ट, कोट, स्विटर, ज्याकेट, घुँडा मुनिसम्म आउने हाफ प्यान्ट, तन्ना, सिरक – ब्ल्यान्केट, तौली लगायतका लत्ता कपडा उपलब्ध गराउन आग्रह गर्दै भित्री कपडाहरू संकलन गर्न नसकिने बताएको छ । यूएईका सबै क्षेत्रहरुमा सहयोग संकलनका लागि चाडै प्रतिनिधिहरू खटाउने जानकारी दिदै समितिका संयोजक त्रिलोचन कोइरालाले यस अभियानमा साथ दिएर अग्रणी भूमिका खेलीदिनका लागि सम्पुर्ण संघ संस्था र समाजसेवीहरूलाई आग्रह गरेका छन् ।
बिस्तृत जानकारीका लागि समितिले आबुधाबीमा उत्तम अधिकारी ०५०५३६५६२९, दुबइमा गोपाल कंडेल ०५५५५७८१५८, रमेश गिरी ०५५३४९५२०७ र राजु खड्का ०५५१६५०८७२, शारजाहमा बिदुर राउत ०५५९०१८८६८, अलकुजमा त्रिलोचन कोइराला ०५५२५४६७७८ र कृष्ण पौडेल ०५५७७६२७१५, जाबेल अलिमा हरि खनाल ०५५५९१७१३७३, मुसाफामा उमेश राई ०५५१८८१८०३ सँग संपर्क गर्न समस्त नेपालीहरुमा अनुरोध गरेको छ । समितिले जुलाई महिना भर यूएईका सकेसम्म धेरै स्थान बाट राहत संकलन गर्ने जनाएको छ ।