भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


Showing posts with label rangabibidh. Show all posts
Showing posts with label rangabibidh. Show all posts

''संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख !''

संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख !

काठमाडौं, असोज ५ । एक बोतल पानीलाई कतिसम्म पर्ला ? हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ ।

तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘बेवर्ली हिल्स्’ नामक कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन सक्दैनन् ।

कम्पनिले उत्पादन गरेको महँगो मदिराभन्दा पनि महंगो पर्ने यस पानीलाई संसार कै सबैभन्दा महँगो सौखिन पानी भएको उल्लेख गरेको छ ।

कम्पनिका अनुसार ‘बेवर्ली हिल्स्–९०एच२०’ नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो । यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो । त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।



अमेरिकी पानी ब्यपारी मार्टिन रैजको पानी बिकाउने कलालाई प्रसिद्ध कालिगढ मारियो पडिल्लाले बोतलको डिजायन गरेर साकार बनाएको कम्पनिले उल्लेख गरेको छ । ‘लस एन्जल्स’को पहाडी इलाका ‘बेवर्ली हिल्स्’को माथील्लो सतहको झरनाबाट विशेष प्रविधिबाट संकलन गरिएको शुद्ध पानीलाई संसारको जुनसुकै कुनाबाट ‘अर्डर’ गर्न सकिने छ कम्पनिले जनाएको छ । एजेन्सी

''यी महिलाको पाठेघरबाट ३३ किलोको 'ठूलो किरा' निकालियो (फोटोफिचर''पुरा जानकारी हेर्नु होला ''

यी महिलाको पाठेघरबाट ३३ किलोको 'ठूलो किरा' निकालियो (फोटोफिचर

डेलीमेल अनलाइनमा प्रकाशित समाचारअनुसार नाम गोप्य राखिएको २४ वर्षीया मेक्सिकन युवतीले आफ्नो तौल दैनिक एक्कासि बढेपछि खान र श्वासप्रश्वासमा कठिनाइ भएको भन्दै अस्पतालमा परीक्षणका लागि गएकी थिइन् ।
चिकित्सकहरुले ‘स्क्यान’ गरी हेर्दा उनको डिम्बासयमा ट्युमर हुर्केको ११ महिना भइसकेको पत्ता लागेको थियो । उनको यो ट्युमर लामो शल्यक्रियामार्फत् सफलतापूर्वक निकालिएको हो ।
मेक्सिको जनरल अस्पतालले उनको पाठेघरको डिम्बासयबाट ठूलो किरा अर्थात् मलकोष झिकेर युवतीको जीवन बचाउन सफल भएको उल्लेख गरेको छ ।
अस्पतालका डा. एरिक ह्यान्सन् भियाना र डा. एवेल जलिफको टोलीले पहिलोपटक यस्तो शल्यक्रियाको सुरुआत गरेका हुन् । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो डिम्बासयमा हुर्केका ट्युमर मानिएको छ ।
६ महिनाअगाडि सम्पन्न यो शल्यक्रियापश्चात् बिरामी सामान्य अवस्थामा आइसकेको अस्पतालले उल्लेख गरेको छ । उक्त शल्यक्रियामार्फत् ती युवती पूर्णरुपमा स्वस्थ्य भएपछि अस्पतालले हालैमात्र योबारेमा सार्वजनिक गरेको हो ।
डा. ह्यान्सन्ले महिलाको पाठेघरमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्युमर भएको बताए । जुन स–साना मलकोषहरुबाट बन्छन् र विस्तारै बढ्दै जान्छ ।
उनले भने–‘हामीले शल्यक्रिया गर्दा ट्युमर ११ महिनाको थियो ।’
उनकाअनुसार ट्युमरको आकार पेटकोभन्दा ९५ प्रतिशत ठूलो थियो । साथै, व्यास आधा मिटर र परिधि १५७ सेमिको थियो । चिकित्सकहरुले यस ‘केस’लाई संसारकै दुलर्भ मानेका छन् ।
सन् १९०२ मा १४५ केजीको ट्युमरलाई बाहिरी शरीरबाट काटेर निकालिएको भएपनि महिलाको पाठेघरमा १२ सेमि आकार र १२ केजी तौलभन्दा ठूलो ट्युमर नहुने विषेशज्ञहरुले बताउँदै आएका थिए ।
तर, डा. ह्यान्सन्ले नकाटीकन सफलतापूर्वक उक्त युवतीको पाठेघरबाट ३३ केजीको ट्युमर निकालेको बताए ।
उनकाअनुसार बिरामीको हातगोडा सुकेको र पेटमात्रै फुकेकोले ट्युमरले उनको फोक्सो र मुटुमासमेत असर गरिसकेको हुँदा श्वासप्रश्वासमा निकै समस्या थियो ।
अस्पतालकाअनुसार शल्यक्रियाको दुई दिनपश्चात उनी अलि–अलि हिँड्नसक्ने भएकी थिइन् । ३३ किलोको ट्युमर निकालेपछि उनलाई हिँड्न असन्तुलन महसुस भएको थियो ।
उनले आफ्नो शरीरको सन्तुलन गुमाएकीले त्यतिखेर ‘चन्द्रमामा हिँडेकोजस्तो अनुभव’ भएको बताएकी थिइन् । उनलाई साधारण मानिसलेजसरी हिँड्न ६ महिना लागेको अस्पतालले बताएको छ ।
चिकित्सकहरुकाअनुसार यो शल्यक्रिया निकै खतरापूर्ण थियो । ट्युमरको २० प्रतिशत भाग निकै संवेदनशील रहेको र केहिगरी ट्युमर फुटेको भए फेरि मलकोषहरु ट्युमरकोरुपमा बढ्न सक्थ्यो ।
त्यस्तै, ट्युमरको छाला जम्मा एक मिमिकोमात्रै भएकोले सानो त्रुटिले पनि ट्युमर फुट्न सक्थ्यो ।
डा. ह्यान्सन्ले ट्युमर निकालेपछि पेटका धेरै भाग खाली भएकोले ‘स्ट्रेचिङ’को समस्या भएपनि लगातार उपचार र मास ‘स्ट्रेचिङ’का कारण अहिले पेट ‘नर्मल’ रहेको बताए ।
अहिले उनी मेक्सिकोको ग्रामीण क्षेत्रमा बस्छिन् । सहर आउँदा प्रत्येकपटक अस्पताल पुग्छिन् र सबै डाक्टरलाई धन्यवाद भन्छिन् । -एजेन्सी

''उपचार गर्ने ठांउमा कुकुर नै कुकुर । परदेशबाट श्रीमतीलाई आसुले भरिएको सन्देश- SIDHA KURA''

''Exchange Rate for 02 October, 2017''

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
104.16
104.76
 European Euro
1
123.06
123.76
 UK Pound Sterling
1
139.48
140.28
 Swiss Franc
1
107.45
108.07
 Australian Dollar
1
81.66
82.13
 Canadian Dollar
1
83.79
84.27
 Singapore Dollar
1
76.75
77.19
 Japanese Yen
10
9.26
9.32
 Chinese Yuan
1
15.66
15.75
 Saudi Arabian Riyal
1
27.77
27.93
 Qatari Riyal
1
28.61
28.77
 Thai Baht
1
3.12
3.14
 UAE Dirham
1
28.36
28.52
 Malaysian Ringgit
1
24.68
24.82
 South Korean Won
100
9.10
9.15
 Swedish Kroner
1
12.75
12.83
 Danish Kroner
1
16.53
16.63
 Hong Kong Dollar
1
13.33
13.41
 Kuwaity Dinar
1
344.83
346.82
 Bahrain Dinar
1
276.09
277.68

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Forex Graph

ForexGraph
More..

''गुनासा सुन्न प्राधिकरणले सञ्चालनमा ल्यायो ११५१ टोलफ्री नम्बर पुरा जानकारी हेर्नु होला ''

गुनासा सुन्न प्राधिकरणले सञ्चालनमा ल्यायो ११५१ टोलफ्री नम्बर
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ ।ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले उक्त टोलफ्री नम्बरको उद्घाटन गर्नुभयो ।
ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सकिने मन्त्री शाहीले जानकारी दिनुभयो ।
महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगरे नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधै गुनासो गर्न सक्ने र कारबाहीको दायरामा ल्याउन यस्तो संयन्त्र कामयावी हुने मन्त्रालयको विश्वास छ ।
मन्त्री शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताउनुभयो ।
प्राधिकरणले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहनेगरी तीन÷तीनजनाका दरले कर्मचारी उपलब्ध गराएको छ । मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ ।
ऊर्जा मन्त्री शाहीले प्राधिकरण जनताको सेवामा क्रियाशील छ भन्ने सन्देश दिनका लागि हटलाइन सञ्चालनमा ल्याइएको र त्यसले प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो । सो नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहजरूपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताउनुभयो ।
मिटर पाइएन, जडान गर्न कर्मचारीले अटेर गरे तथा पैसा नदिई काम गरेनन् भने पनि सिधै सो नम्बरमा फोन गर्न सकिनेछ । मुलुकभर विद्युत्भार कटौती अन्त्य गरेपछि प्राधिकरणप्रति जनताको विश्वास बढ्दै गएको अवस्थामा कर्मचारीलाई थप जिम्मेवार बनाउन प्रविधिको सहयोग लिइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
मोबाइल एप्स पनि आयो
प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ । प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ । ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् ।
यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन् । प्राधिकरणका प्राविधिक विभाग प्रमुख सञ्जय उपाध्यायका अनुसार एप्स सञ्चालनमा आएको छ । सो एप्स गुगल प्ले स्टोर एप र एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

''आठ करोड लिएर युनाइटेड सिटिजनका सन्चालकहरु फरार, यसरी ठगिए ३ सय जनता''पुरा जानकारी हेर्नु होला '

आठ करोड लिएर युनाइटेड सिटिजनका सन्चालकहरु फरार, यसरी ठगिए ३ सय जनता काठमाडौं । ठमेलमा रहेको युनाइटेड सिटिजन बहुद्देश्यीय सहकारीबाट ३ सय भन्दा बढी मानिस ठगिएका छन् । सहकारीका संचालकहरु करिव ८ करोड रकम लिएर अकस्मात सम्पर्कविहीन भएपछि यतिखेर पीडितहरु संस्थाको कार्यालय, डिभिजन सहकारी र प्रहरीकोमा धाउँदैमा हैरान छन् । दुख गरेर कमाएको रकम लिएर सन्चालकहरु फरार भएपछि अहिले न्यायको खोजी गर्दै विभिन्न कार्यालय धाइरहेका छन् ।

''यस्तो छ काँक्रोका १५ रोचक तथ्य र आश्चार्यजनक फाइदा ' पुरा जानकारी हेर्नु होला ''

यस्तो छ काँक्रोका १५ रोचक तथ्य र आश्चार्यजनक फाइदा

काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

– सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।

– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।

– काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।

– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।

– धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।

– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

– यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।

– यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।

– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।

''Exchange Rate for 04 September, 2017''

 

  Foreign Exchange Rates 


 
Rate Request archives...
Exchange Rate for 04 September, 2017

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
102.14
102.74
 European Euro
1
121.13
121.84
 UK Pound Sterling
1
132.33
133.10
 Swiss Franc
1
105.88
106.50
 Australian Dollar
1
81.39
81.86
 Canadian Dollar
1
82.42
82.91
 Singapore Dollar
1
75.24
75.68
 Japanese Yen
10
9.26
9.32
 Chinese Yuan
1
15.57
15.66
 Saudi Arabian Riyal
1
27.24
27.40
 Qatari Riyal
1
28.05
28.21
 Thai Baht
1
3.08
3.10
 UAE Dirham
1
27.81
27.97
 Malaysian Ringgit
1
23.92
24.06
 South Korean Won
100
9.11
9.16
 Swedish Kroner
1
12.78
12.86
 Danish Kroner
1
16.29
16.39
 Hong Kong Dollar
1
13.06
13.13
 Kuwaity Dinar
1
338.49
340.48
 Bahrain Dinar
1
270.89
272.48

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Forex Graph

ForexGraph
More..

''स्वास्थ्य टिप्स : मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस् ''पुरा जानकारी हेर्नु होला ''

स्वास्थ्य टिप्स : मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस् !

अब हामी मुख धुँदा के के नगर्ने भन्ने कुरा तल दिइएको छ । यो कुराहरुलाई तपाई आफूमा लागू गर्दै अरुलाई पनि सिकाउन सक्नुहुन्छ । जानिराख्नुहोस् स्वस्थ्य टिप्स्

१) ध्यान दिनुस्- जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२) अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३) अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४) अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

५) फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६) अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७) अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८) अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९) अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०) अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

''थाहा पाउनुस् १८ कारण यस कारण बिबाह गर्नुहुँदैन'पुरा जानकारी हेर्नु होला ''

थाहा पाउनुस् १८ कारण यस कारण बिबाह गर्नुहुँदैन

कोही मानिसहरु विवाहको लागि निकै आतुर हुन्छन् भने कोही यसलाई झन्झट मान्ने गर्दछन् त्यसकारण कहिलेपनि विवाहको चक्करमा पर्न चाहँदैनन् । यदि तपाईं आफू विवाह गर्दिन भनेर सोच्नुहुन्छ तर यो विषयमा घरका मानिसहरुलाई कसरी सम्झाउने भन्ने सोच्दै हुनुहुन्छ भने यहाँ दिइएका सामग्री पढ्नुहोस् ।

विवाह गर्दिन भन्नु जति सजिलो छ त्यति नै गाह्रो यसको कारण बताउनु हो । एकचोटी घरमा विवाह गर्दिन भन्नुहोस् त, कस्ता खालका र कति प्रकारका प्रश्नहरु तपाईंसामू तेर्सिने गर्दछन् । कसैले सोध्लान् ‘कसैसँग चक्कर त चलेको छैन ?’ कसैले केहि रोग छ भन्ने जस्ता आफ्नै प्रकारका प्रश्नहरु सँगै तपाईंको सामू आउने गर्दछन् । तर थुप्रै अवस्थामा एक्लो रहनु फाइदा हुने गर्दछ । कतिपटक त एक्सपर्टहरु विवाह नगर्न सल्लाह दिन्छन् । यदि तपाईं विवाह गर्न चाहनुहुन्न भने तल दिइएका कारणहरुको साहारा लिन सक्नुहुन्छ ।

१. कहिलेकाँही बेकार साबित हुन्छः

थुप्रै मानिसहरु विवाह गरेपछि लाइफ सेट हुने बताउँछन् तर यस्तो कहिले हुँदैन । विवाहपश्चात् पनि त्यहि समस्या, त्यहि तनाव रहने गर्दछ । विवाह गरेपछि सबैकुरा ठिक हुन्छ भन्ने भन्ने छैन ।

२. दबाबपूर्ण जीवनः

विवाहपश्चात् तपाईंको जीवनमा प्रेसर आउन सुरु हुन्छ । यदि प्रेसर झेल्न सक्नुहुन्न भने विवाह नगर्नुस् ।

३. आफूले चाहेको जीवन बाँच्न नपाउनुः

थुप्रै मानिसहरु आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छन् । विवाहपश्चात् यो निश्चित छ कि तपाईं आफ्नो जीवन आफ्नो तरिकाले बाँच्नै सक्नुहुन्न । पार्टनरको कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

४. अरु मानिसहरुको महत्व बढ्नेछः

विवाहपश्चात् तपाईं आफूभन्दा तपाईंको बच्चा र श्रीमान् वा श्रीमतीको बारेमा सोच्नुहुन्छ र उनीहरुलाई महत्व दिनुहुन्छ । मानिसहरु पनि तपाईंको भन्दा उनीहरुको हालचाल बढि सोध्ने गर्दछन् ।

५. बोझपूर्ण जिन्दगीः

विवाह भएको एक–दुई वर्ष त जिन्दगी निकै रमाइलो र सुन्दर लाग्ने गर्दछ तर त्यसपछिका वर्षहरु निकै बोझपूर्ण हुने गर्दछ ।

६. एउटा मानिसमाथि समर्पितः

विवाह गरिसकेपछि तपाईंको जिन्दगी बाँधिन्छ र तपाईंले कुनै एक व्यक्तिसँग आफ्नो जीवन बिताउनुपर्ने हुन्छ ।

७. बिन्दास प्रकारको जीवन बाँच्नसक्नुहुन्नः

विवाह गरिसेकपछि तपाईं कसैको मतलब नगरी बस्न सक्नुहुन्न । आफूलाई मन लागेको ठाउँमा जानु, मनलागेको गर्नु र मनलागेको खानेजस्ता कार्यहरु तपाईं गर्नसक्नुहुन्न ।

८. अन्त्य गर्न सक्नुहुन्नः

प्रेम सम्बन्धमा हुँदा तपाईं केहि कुरामा रिस उठ्दा छोडेर जाने र फेरी मन लागे फर्किने गर्दसक्नुहुन्छ तर विवाहपश्चात तपाईं यस्तो गर्न सक्नुहुन्न ।

९. सधैँ तेस्रो व्यक्ति आउने गर्दछः

विवाह पछि तपाईंको सम्बन्धको बिचमा कोही न कोही आएकै हुन्छ । यस्तो अवस्थामा तपाईंलाई तनाव हुने गर्दछ ।

१०. प्रतिबद्ध हुनबाट डरः

यदि कसम खाएर त्यसलाई निभाउन सक्नुहुन्न भने विवाह नगर्दा नै राम्रो हुन्छ । किनभने विवाह पछि तपाईंले थुप्रै कसम खाएर त्यसलाई निभाउनुपर्ने हुन्छ ।

११. जिम्मेवारीः

विवाह पछि तपाईंको जीवनमा निकै ठूलो जिम्मेवारी आउने गर्दछ । घरमा चिनीदेखि एसिसम्म किन्ने जिम्मेवारी तपाईंको हुन्छ ।

१२. पारिवारिक निर्णयः

विवाह गरिसकेपछि तपाईं कुनै पनि कुराको निर्णय आफू एक्लैले लिनसक्नुहुन्न । तपाईंले पूरै परिवारसँग बसेर निर्णय लिनुपर्ने हुन्छ ।

१३. सिंगल लाइफसँग खुसी हुने व्यक्तिहरुः

यदि तपाईं सिंगल लाइफ मनपर्छ भने विवाह कहिले पनि नगर्नुहोस् नत्र पश्चाताप पनि गर्न पाउनुहुन्न ।

१४. जीवनमा स्पेस हुँदैनः

यदि तपाईंलाई आफ्नो कुराहरु कसैलाई पनि भन्न मन लाग्दैन भने विवाह तपाईंको लागि बनेको होइन । विवाह पछि तपाईंको जीवनमा स्पेस हुने छैन ।

१५. भावनाहरु देखाउनु पर्ने हुन्छः

विवाह पछि तपाईं चुपचाप बस्न सक्नुहुन्न । तपाईंले आफ्नो भावनाहरु देखाउनुपर्ने हुन्छ ।

१६. काम कहिले सिद्धिदैनः

महिला मित्रहरु, जब तपाईं आफ्नो आमा–बुवासँग बस्नुहुन्छ तब तपाईं आफ्नो जीवन निकै आनन्दले बिताउन सक्नुहुन्छ तर विवाहपछि तपाईंको काम कहिले सिद्धिदैन । यसमा तपाईं ढुक्क हुनुहोस् ।

१७. सासू–ससूराको मुद्दाः

विवाह पछि तपाईंले सासू–ससूराको थुप्रै मुद्दा झेल्नुपर्ने हुन्छ ।

१८. एक्लै सुत्नसक्नुहुन्नः

विवाह पछि तपाईं कोठामा एक्लै सुत्न सक्नुहुन्न । यदि तपाईं एक्लै सुत्नुभयो भने सबैलाई लाग्नेछ – दालमे कुछ काला हे !
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस