भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
Showing posts with label helth. Show all posts
Showing posts with label helth. Show all posts
''वास्तुशास्त्र अनुसार पर्समा यी चीजहरु राख्दा, कहिलै हुदैन पैसाको कमी''
वास्तुशास्त्र अनुसार पर्समा यी चीजहरु राख्दा, कहिलै हुदैन पैसाको कमी
एजेन्सी । वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ। पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ। यस्ता केही चिज छन्, जुन चिस पर्समा राख्दा पैसाको समस्या हटेर जान्छ।
लक्ष्मी माताको फोटो : वास्तुशास्त्र अनुसार पर्समा धनकी देवी लक्ष्मीको फोटो राख्दा पर्स कहिलै खाली हुदैन्।
चामलको पोका : बास्तुशास्त्र अनुसार चामल शुक्र ग्रहसँग रिलेटेड अन्न हो। त्यसैले भगवान् लक्ष्मीलाई चढाएको सानो एक पोका चामल सधै आफ्नो पर्समा राख्नुहोस् तपाईको धन सञ्चित हुनेछ।
श्रीयन्त्र : बास्तशास्त्रमा श्रीयन्त्रलाई लक्ष्मीको स्वरुप मानिन्छ। त्यसैले सधै आफ्नो पर्समा सानो आकारको श्रीयन्त्र राख्ने गर्नुहोस्।
गुरुको फोटो : पर्समा सधै आफ्नो गुरुको फोटो राख्न सक्नुहुनेछ। यसले जीवनमा सकारात्कम प्रभाव पर्दछ र काममा सफलता मिल्दछ।
लक्ष्मीसँग सम्बन्धीत दोस्रो बस्तु : तपाईले आफ्नो पर्समा भगवान् लक्ष्मी मातासँग सम्बन्धीत दोस्रो बस्तु राख्न सक्नुहुनेछ। त्यसले तपाईको धन हानी हुनबाट बचाउछ।
यी बाहेक तपाईले आफ्नो पर्समा समुद्री कौडा, कमल गट्टा, चाँदीका सिक्का पनि राख्न सक्नुहुन्छ। यी बस्तु राख्दा तपाईको जीवनमा सकारात्मक पैदा हुन्छ र धन सम्बन्धी विषयमा सुधार आउने गर्दछ।
''यी युवतिले किन सधैं मुख छोड्दै केटाहरुलाई सराप्छिन् ? को हुन् उनी ? हेर्नुहोस् भिडियो''
यी युवतिले किन सधैं मुख छोड्दै केटाहरुलाई सराप्छिन् ? को हुन् उनी ? हेर्नुहोस् भिडियो
शुरुमा उनी सबैलाई हेल्लो भन्छिन् । त्यसपपछि आफू लाईभ आ’को कुरा गर्छिन् । अनि केटाहरुलाई बोका र खसी भन्दै आफ्नो लाईभ भिडियोको विषयवस्तुमा प्रवेश गर्छिन् । यिनले आफ्नोमा नराम्रो कमेन्ट गर्ने अनि भिडियो भाइरल गराइदिनेप्रति निकै आक्रोश पोख्छिन् ।
तिमीहरुको मैले केही खाइ दिएको छैन हेर केटा हो भन्दै आमाचकारी गाली गर्दै पब्लिकमा आफूले मुख छाडेको भन्दै के गर्छस् तिमीहरुले भन्दै गरेर देखाउन च्यालेञ्ज दिएकी छिन् । आफूले कसैको केही नखाएको र नलाएको भन्दै केटाहरुलाई सँगुरको पाठो(विर) र गोरु भनेकी छिन् ।
उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई, खाते, बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने, आफ्नो फेमिलीहरुलाई दोस्नेहरुप्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन् । उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी छिन् ।
नानाथरीको कमेन्ट गर्ने आफैं, दुनियाँ म्यासेज आफैं गर्ने अनि आफुले बोलेको कुराको एक-एक हिसाव गरेर भिडियो भाईरल गराइदिने भन्दै नानाथरी कमेन्ट गरेर भिडियो भाईरल बनाउदैमा आफ्नो भू….केही नझर्ने बताएकी छिन् । उनलाई यति रीस उठेको रै’छ कि छेऊँमा भए नि घाँटी रेटेर सिधै जेल जाने कुरा गरेकी छिन् । वास्तवमा यिनी को हुन् त ? पूरा भिडियो हेर्नुहोस् ।
''सुतेकी छोरीलाई दुध चुसाउनु मन लाग्यो तर ब्यूझेर रून्छ कि भनेर छोडेर विदेश हिडेँ…''
सुतेकी छोरीलाई दुध चुसाउनु मन लाग्यो तर ब्यूझेर रून्छ कि भनेर छोडेर विदेश हिडेँ…
दिपिका भुसाल । मेरो नारकीय जीवनको उत्कर्षको समय थियो त्यो सायद दशैंको बेला थियो । मन भरी पीडा र दुखले भरिएका भावना हरु खेलिरहेका मात्र थिए ।
अनगिन्ति पिडा हरुको बाबजुत मन भित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाचिरहेको मान्छेको मनमा आशाको किरण पलाउनु निकै महत्वपुर्ण कुरा थियो मेरो लागी ।
सामाजिक, नैतिक समस्या हरुमा जेलिएर एउटा मनोबैज्ञानिक भुमरीमा फसेको मान्छेले आफ्नो अवस्था सजिलै थाहा पाउन सक्दैन रहेछ । आफ्नो वास्तविकता के हो र आफुले मेहनत गरेरै आफ्नो जिन्दगीको अवस्था परिवर्तन गर्न सक्छु भन्ने कुरा मैले महसुस गर्दा समय निकै घर्किसकेको थियो ।
लगातार भोगिरहेको भौतिक क्षति र आर्थिक समस्याकै कारण आफुले नपाउनुपर्ने दुख पाइरहेको कुरा मैले बुझ्ने समय आउदा मलाइ आफुले धेरै ढिलो कुरा बुझेको मा आत्मा ग्लानि हुँ सुरु भैसकेको थियो । फेरी पनि म मेरा दुखको निराकरणको खोजीमा र मेरा साना साना नाबालक छोरी हरुको भविष्यको चिन्ताले मलाई देश छोडेर बिदेश पलायन हुन बाध्य बनाउदै थियो ।
म बैदेशिक रोजगारीको बाटो खोज्दै केही महिना पहिले एजेन्सीको सहयोग बाट इजरायल जानको लागी तयारी गरेकी थिएँ । दशैको समय थियो । मेरी ठुली छोरी पाँच बर्षकी र सानी छोरी तिन बर्षकि हुँदै थिए । मन भरी पीडाले एकछत्र रजाईं गरेको भए पनि अर्को बर्ष छोरी हरु संग दशै मनाउन पाउदिन होला भन्दै उनि हरुको साथमा रम्ने कोसिस गर्दै थिए ।
एजेन्सी मार्फत मलाई इजरायलको भिषा निस्किन सबै प्रकृया तयारी अबस्थामा रहेको हुदा मलाई पनि तयारी अबस्थामा रहनको लागी जानकारी गराएका थिए । त्यति बेला दशै र तिहार छोरी हरु संग मनाएँ ।
तिहार सकियो । तिहारको लगत्तै मेरो भिषा पनि आएको खबर पाएँ । मेरो छोरी हरु संगको दशैंको खुशी अचनाक शोकमा बद्लियो ।एकातिर आफुलाई अथाह दुखको भुमरी बाट पार लगाउने एकमात्र बिकल्प को ढोका खुलेको छ अर्को तिर कल्कलाउदा दुधे सन्तान लाइ चटक्कै छोडेर हिड्नुपर्ने अवस्था आइपर्यो ।
मैले मन भरी अथाह पीडा महसुस गरें । छोरी हरु सानै छन् । अहिले सम्म राम्ररि आवाज निस्केको समेत छैन । म जतिसुकै पिडामा हुदा पनि अथवा जस्तो सुकै सास्ती भोग्न परेको अवस्थामा पनि मेरी छोरी हरुलाई मेरो काख बाट टाढा गरेकी थिईन । जस्तो सुकै पीडा र समस्यामा समेत टाढा नगरेका आफ्ना मुटुका टुक्रा लाइ बर्षौंको लागि छोडेर टाढा हुने मेरो दिन नजिकिदै थियो ।
म इजरायल जाने दिन नजिकिदै थियो । तिहारको पाँच दिन पछि गाउँ हुँदै सदरमुकाम र तेस पछि काठमाडौको यात्रा तय गर्ने तयारी गर्दै थिएँ, बेलुका समान्य लुगा हरु मिलाए ।
सधैं जसो आज पनि छोरीहरु संगै सुत्ने प्रयास गरे । निद्रा हराएको थियो । सानो छोरी मेरो छाति तिर छामछुम पार्दै थिई । ती कोमल हात हरुले आफ्नो अन्तिम घुट्को खाना खोज्दै थिई सायद । उसलाई के थाहा भोलि देखि यो छातीको न्यानो देखि बिमुख हुदैछु भनेर । ती निर्दोष ओठहरुले मेरो स्तान सुस्तरी चुस्दै थिई ! मेरो मन भरिएर ब्याकुल बनेको थियो ।
आँखा बाट अश्रु धारा बगेको थियो । ठूलो छोरी मेरो कपडा समातेर गहिरो निद्रामा थिई । म सानो छोरीलाई निदाउने बनाउने प्रयत्नमा थिएँ । मेरो निद्राको सुदुर क्षितिज् सम्म कुनै नामोनिसान थिएन । थियो त केवल हृदय बिष्फोट होला जस्तो भक्कानो बाँकी थियो जुन भक्कानो लाइ फोडेर म छोरी हरुको निद्रा खल्बल्याउन चाहिरहेको थिईन ।
जवर्जस्ती रोकिएको रुवाई र पहिरोले थुनिएका नदि उस्तै हुन । जतिबेला पनि फुट्न सक्दारहेछन मैले निरन्तर प्रयास गर्दै थिए कतै नपोखिउन यी पिडाका भावना हरु बिछोडका तडपाई हरु !
मिर्मिरे उज्यालो हुन थाल्यो !भालेले डाक छोड्ने बेला हुन लाग्यो । भालेको डाको संगै मेरो रुवाई पनि नाफुत्कियोस भनेर मैले दाँतले कपडालाई दह्रो संग च्यापें । बिस्तारै चराचुरुङ्गी कराउन थाले ! छोरी परदेशिने पीडाले बुवा आमा पनि मर्माहत हुनुहुन्थ्यो सायद त्यसैले वहा हरु पनि रात भरि सुत्न सक्नुभएको थिएन ।
भालेको डाक संगै आमाले सुस्तरी मलाइ उठेर तयार होउ… अहिले छोरी हरु उठछ्न भन्नू भयो । छोरी हरु न उठ्दै मैले घर छोडीसक्नु पर्ने थियो । म हिड्ने बेलामा नानि हरु रोलान र त्यो रुवाईले मलाइ बिचलित बनाउला भनेर आमाले मलाइ नानि हरु न उठ्दै साईत गर्न सुझाउनु भएको थियो । मैले मेरो भक्कानो किलकिले मै दबाएँ ।
नराम्रो संग पोले जस्तो भयो र नाक पुत्तायो र आँखा बाट फेरी एक तहरो झरी बर्षीयो । म उठेर तयार भएं । तयार त के हुनु थियो र लिएर हिड्ने झिटी गुन्टा तयार नै थियो । खालि काखमा रहेका छोरी हरुलाई भुईमा राख्नु बिसाउनु बाकी थियो । मैले त्यो पनि गरें र उठेर हिड्न तयार भएँ ।
सानी छोरी मस्त निद्रामा थिई – उठेर हेरें सपनामै दुध चुस्दैछ उ । दुईटा ओठ अगाडी ल्याएर जोडले च्याप्दै खिच्दै गरेकी छ सायद सपनामा दुध खाएको देखेकी होलि । मेरो छाति रसायो, मलाइ एक पटक उसलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला ब्युझेर रुन सुरु गरि भने उसलाई फुल्याउन धेरै समय लाग्छ । परिस्थितिको अगाडी मैले मेरो मातृ वात्सल्यताले हारेको टुलुटुलु हेरिरहें ।
जब मेरो घर छोड्ने बेला हुँदै थियो ठुली छोरीलाई निद्राले छोड्यो उ ब्युझेर उठी । प्राय मैले ओछ्यान छोड्दा संगै बिउझिने बानि छ उसको । सायद काखको न्यानोमा निदाउने बानि ले हो कि । म उठे पछी मेरै लुगाको फेर समातेर पछी लागि रहन्छे । उसले अचानकै सोध्न थाली ममि हजुर कहाँ जान लाग्नु भएको भनेर ।
अहिले बैनी उठ्छे र रुन्छे त्यसैले उसलाई पनि संगै लिएर जाम भन्न थालि । उसलाई अहिले सम्म पनि आफ्नी आमा एक्लै कतै सुदुर परदेशमा आफ्नो सुनौलो भविष्य खोज्न जान लागेकी हो भन्ने पत्तोफाट थिएन । बरा निर्दोष मेरी छोरी आफु पनि आमा संगै जान लागेको आभाष ले रमाउन थालि र संगै बहिनि लाइ पनि लिएर जान आग्रह गर्न थालि ।
उस्ले यति शब्द मात्र खसाल्न के लागेकी लामो समय देखि मैले हिम नदि झैं बनाएर जवर्जस्ती रोकेर राखेका मेरा आशुले मेरो धैर्यताको बाध फोड्दै झर्न थाले ! पिडा र ब्यथा हरु चीत्कारिदै निस्किन थाले ।
ठुलो नानु लाई बिस रुपैयाँ हातमा थमाउदै मैले उसको लागि हेलिकप्टर र बैनीको लागि गाडी लिन जान लागेको भनेर बैनिको ख्याल गर्नु भनेर सिकाएँ । आज्ञाकारी मेरी छोरी ले आफु सफा भएर बस्ने र कसैलाई दुख नदिने अनि बैनीको ख्याल गर्ने भन्दै निर्दोष वाचा हरु गर्न थालि । कति ज्ञानी मेरी छोरी भन्न मात्रै लागेकी के थिएं नानू पनि सङै रुन पो थालि ।
मेरो छातीमा अचानक ठुलो जाँतोले थिचे जस्तो भयो । भक्कानिएर रोएर आफैलाई रित्याउँन पनि नमिल्ने के गरूँ …दुइ टुक्रा आफ्नो प्राण आमाको जिम्मा लगाउदै फुट्न लागेको छाती लिएर म आफ्नो र छोरीहरुको सुनौलो भविष्यको लागि सुदुर परदेशको यात्राको लागि घर बाट बिदा भएँ । -अमेरिका नेपालबाट
''कपाल प्रत्यारोपणप्रति आकर्षण बढ्दो, हैरान बनेका नेपालीहरुले पाए राहत भिडियो सहित ''
कपाल प्रत्यारोपणप्रति आकर्षण बढ्दो, हैरान बनेका नेपालीहरुले पाए राहत
आधुनिक जीवन शैली, खानपान र विभिन्न कारणले कलिलो उमेरमै कपाल गुमाउनु परेको पीडा धेरैले खेपिरहेका छन् । यस्तो समस्या समाधानका लागि कपाल प्रत्यारोपण गर्ने प्रविधिबाट धेरैले सेवा लिरहेका छन्. । कपाल प्रत्यारोपण प्रति आम सर्वसाधारणको आकर्षण बढ्दो रहेको बिशेषज्ञहरुको भनाइ छ ।
कपाल झरेर बजारमा बिभिन्न कपाल उमार्ने तेल खोज्दै हिड्नेहरुका लागि अब चिकित्सा विज्ञानले छुट्कारा दिलाएको छ । झरेको कपाल फर्काउन प्रविधिको विकास भएको छ । यो प्रविधि नेपालमा भित्रिएको छोटो समय मै सफल मानिएको छ । एकपटक खर्च गरेर स्थायी समाधान हुने कपाल प्रत्यारोपणबाट लाभ उठाउने हवात्तै बढेका छन् । प्रत्यारोपण यस्तो आधुनिक विधि हो, जसको माध्यमद्वारा छोटो समयमै कपाल पुनः उमार्न सकिने चिकित्सकको भनाई छ ।
कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडिपट्टिको भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा रोपिन्छ । मेसिन बाट प्रत्यारोपण गर्दा केहि सहज हुन्छ र एक–दुई दिन मात्रै दुख्ने हुन्छ . सामान्य रगत मात्र बग्छ , चाँडै निको हुने कारण काममा चाँडै फर्कन सकिने चिकित्सको भनाइ छ ।
सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन । कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ हप्ता पछाडि झर्छ । तर १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ ।
२ हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ । ट्रान्सप्लान्ट गरिसकेको १ वर्षसम्म एक प्रकारको औषधि प्रत्यारोपण गरिएको क्षेत्रमा लगाउन सुझाव दिइन्छ । जसले ट्रान्सप्लान्टेड कपालमा रक्त सञ्चार गर्न र कपाल छिटो बढन् मद्धत गर्छ ।
प्रत्यारोपण पश्चात कपाल रोपिएको क्षेत्रमा दुःखाई महसुस हुन सक्छ । जुन व्यक्तिपिच्छे फरक हुन्छ । केहीमा आँखा सुनिने हुन्छ, जुन एक हप्ता जतिमा हराएर जान्छ । प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न शुरु हुन्छ । ५ महिना पछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्ष भित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरेपनि फेरि कपाल पलाइरहन्छ ।
''असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) को दुरुपयोग
असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) को दुरुपयोग
असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेका पाइएको छ । ‘लिभिङ टुगेदर’ रहेका जोडीमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ पनि नबसोस् ।’
असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउछन् । ।
स्कुल र कलेजका छात्रा बढी :‘पछिल्लो समय ७२ घण्टे चक्की (आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मेनु आचार्य भन्छिन्, ‘यो चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा बढी पाइएको छ ।’ राजधानी दैनिक
''अब धर्म परिवर्तन गर्ने र गराउनेलाई ५ बर्षको जेल, विदेशी भए देशनिकाला''
अब धर्म परिवर्तन गर्ने र गराउनेलाई ५ बर्षको जेल, विदेशी भए देशनिकाला
काठमाडौँ । २०६२/२०६३ को जन आन्दोलनपछि धर्म निरिपेक्षको आडमा नेपाल भित्र डरलाग्दो ढंगले बढ्दै गएको धर्म परिवर्तनलाई अब अपराध मानिने र कडा सजायको भागिदार हुनु पर्ने छ । सरकारले धर्मपरिवर्तनलाई फौजदारी अपराध बनाएपछि नयाँ कानूनको एक दफामा कसैले पनि धर्मान्तरणमा संलग्न हुन वा त्यसका लागि प्रोत्साहन गर्न हुँदैन भनी उल्लेख गरिएको छ ।
धर्मान्तरणमा संलग्न पाइएमा पाँच वर्षको कारावास सजाय र पचास हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । विदेशीहरू धर्मपरिवर्तनमा संलग्न पाइएमा कारावास सजाय भोगेको सात दिनभित्र देशनिकाला गरिने उल्लेख छ ।
लामो समयसम्म हिन्दू अधिराज्यका रूपमा रहेको देशले धर्मनिरपेक्षता घोषणा गरेको एक दशकपछि अनि नयाँ संविधान घोषणा गरेको दुई वर्षपछि धार्मिक स्वतन्त्रतामा संशोधित फौजदारी नियन्त्रण लगाएको छ । संविधानको धारा २६ ले पनि धर्मपरिवर्तनलाई निषेध गरेको छ ।
''कति होला एशियाकै धनाड्य मुकेश अम्बानीको ड्राइभरको तलब ?''
कति होला एशियाकै धनाड्य मुकेश अम्बानीको ड्राइभरको तलब ?
एजेन्सी । मुकेश अम्बानीलाई नचिन्ने व्यक्ति कमै मात्र होलान् । उनी भारतको मात्र हैन, संसारकै धनी व्यक्तिको रुपमा चिनिन्छन् । उनको घर पनि संसारको आलिशान तथा संसारको महङ्गो घरमा गनिन्छ ।
मुकेश अम्बानीसँग आफ्नै निजि हेलिकप्टर छ । साथै ५०० भन्दा बढी गाडी पनि । उनको घरमा सबै प्रकारका सुख सुविधाहरु उपलब्ध छन् । हामी तपाईलाई उनको गाडी चलाउने ड्राइभरको तलबको बारेमा बताउँदैछौ ।
मुकेश अम्बानीको ड्राइभर बन्न त्यति सजिलो छैन । यस पदको लागी ड्राइभरले कैयौ परिक्षणको झन्झट झेल्नुपर्छ।
अम्बानीको ड्राइभर बन्नको लागी कयौँ कम्पनिलाई ठेक्का पनि दिइन्छ । ति कम्पनिबाट ड्राइभरको परीक्षण गरेर उनीहरुलाई सुनिश्चित गरिन्छ । ती ड्राइभरहरुहरुको डाक्टर ईन्जिनियरहरुको भन्दा धेरै तलब हुन्छ । उनीहरुले मासिक २ लाख भारतीय भन्दा बढी तलब पाउँछन् । जुन कुनै ड्राइभरको लागी काफि छ ।
''सेवाग्राहीबाट पैसा असुल्ने श्रम कार्यालयका झा अख्तियारको हिरासतमा''
सेवाग्राहीबाट पैसा असुल्ने श्रम कार्यालयका झा अख्तियारको हिरासतमा
काठमाडौँ । श्रम कार्यालयका कम्युटर अप्रेटर भाग्यनारायाण झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ । श्रम स्वीकृति बनाइदिने बहानमा सेवाग्राहीबाट अवैध असुली गरेकोे प्रमाण सहित न्युज २४ टेलीभिजनको कार्याक्रम सिधा कुरा जनतासँगमा प्रसारण भएपछि झालाई अख्तियारले पक्राउ गरेको हो ।
रबिन नामका दलालसँगको सेटीङमा दैनीक सयौं सेवाग्राहीबाट पैसा लिएर श्रम स्वकृती बनाइरहेका बेला भाग्यनारयाण झा न्युज २४ टेलीभिजनको क्यमेरामा कैद भएका थिए । सिधा कुरा जनतासँगमा यो बिषयमा रिपोर्ट प्रशारण भएदेखि नै फरार झा मंगलबार काठमडौको बुद्वनगरबाट पक्राउ परेको अख्तियारले जनाएको छ ।
श्रमको सेटीङको बिषयमा रिपोर्ट प्रशारण भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो बिषयलाई गम्भीरताका साथ लिएर अनुसन्धान गरिरहेको जनाएकोछ । साथै श्रम राज्यमन्त्री ले समेत कार्यालयको अनुगमन गरेर यो घटनाको बिषयमा चासो राखेका थिए ।
वैदेशीक रोजगारीमा अनिवार्य गरीएको श्रम स्वकृती दिनका लागि श्रम कार्यालयका कर्मचारीले दलाल मार्फत पैसा लिइरहेका छन् । साथै यो घटना श्रम कार्यालयका अन्य अधिकारीहरु माथी पनि छानबिन भैरहेको अख्तियारले जनाएको छ ।
''महिनावारी रोकिनुअघि महिलाको शरिरमा हुन्छन् यी 8 कुरा हरु जानी रक्नु राम्रो सबैको लागि ''
महिनावारी रोकिनुअघि महिलाको शरिरमा हुन्छन् यी आठ असर पुरा पढ्नुहोस
स्वस्थ रहनका लागि महिला सही समयमा महिनावारी हुन निकै आवश्यक छ । तर निश्चित उमेरपछि महिलाहरुको महिनावारी सुक्ने गर्दछ । यतिबेला शरिरमा विभिन्न प्रकारका हर्मोनल परिवर्तन आउने गर्दछन् । जसका कारण विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन थाल्छ । तर यदि यतिबेला स्वस्थ खानेकुरा, व्यायाम र योग गरिए यी समस्याबाट बच्न सकिन्छ । बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकले महिनावारी समाप्त हुनुपूर्व महिलाको शरिरमा हुने आठ परिवर्तनबारे जानकारी दिएकी छिन् ।
१. स्तनमा पीडा
२. आँखा रुखो हुनु
३. छाला रुखो हुनु
४. पिठ्युँमा पीडा हुनु
५. तनावमा हुनु
६. पटक–पटक टाउको दुख्नु
७. लगातार कमजोर महसुस हुनु
८. पेट र खुट्टामा
साभार:कान्तिपुर

''स्तन क्यान्सरको उपचार नेपालमै पुरा जानकारी हेर्नु होला भिडियो सहित ''
स्तन क्यान्सरको उपचार नेपालमै पुरा पढ्नुहोस
धेरैले आज पनि क्यान्सर रोगलाई मृत्युसंग दाँज्छन् । क्यान्सर शब्द सुन्दा जति भयानक लाग्छ, त्यति डराउन आवश्यक नरहेको चिकित्सकहरु बताउँछन् ।
स्थन क्यान्सर रोग विशेषज्ञ डा.कपेन्द्रशेखर अमात्य भन्छन्, समयमै उपचार नगर्दा यो रोग मृत्युको कारण बन्न पुगेको हो, पहिलो चरणमै उपचार गरे पुर्ण निको हुन्छ ।
अधिकांश क्यान्सर रोगी नेपालको उपचारमा विश्वास नगरेकै कारण उपचाका लागि बढी भौंतारिरहेको उनले बताउ ।
अहिले यसको सम्पुर्ण उपचार नेपालमै सम्भव छ, विरामीको भने भारततिर मात्रै आकर्षण छ ।
कति विरामी उताको उपचारबाट सन्तुष्ट नभएपछि मात्रै नोपलमा उपचारका लागि आउँछन्, उनले भने यसबारे प्रचारप्रसार आवश्यक छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

''आमा! हामीलाइ विचल्लीमा छोडेर गएपनी,तिमि त खुसी होैली है? एकपटक सबैले पढौ र सेयर पनि गरौं''
आमा! हामीलाइ विचल्लीमा छोडेर गएपनी,तिमि त खुसी होैली है? एकपटक सबैले पढौ र सेयर पनि गरौं
राम्रो सँग पढनु है’ फोनमा भनेका यो आवाज बाहेक बुवाका बारेमा केही याद छैन रामेछापको रामपुरकी सन्जु तामाङलाई । सानैमा विदेश गएका बुवाको अनुहार पनि सम्झनामा छैन ।आकाशमा उडिरहेको हवाइजहाज आँखाले भ्याउन्जेल हेर्नुहुन्छ । साउदी गएका बुवा त्यही जहाजमा फर्केको कल्पना गर्नुहुन्छ । सन्जुले हवाइजहाज हेर्दै बुवा कुरेको ९ वर्ष भैसक्यो ।
मनमा बुवा नर्फकने थाहा भएपनि गाडी र हवाइजहाजको आवाज सुन्न साथ उहाँका कान ठाडा हुन्छन् । आँखाले तिनै आवाजलाई पछ्याउँछन् ।
सन्जु ३ कक्षामा पढ्दा बुवा विदेश गएका थिए । त्यसपछि घर फर्केर आएनन । सन्जुका बुवा विदेशमा नै बितेको ६ वर्ष भइसक्यो । उहाँका दिदी र भाइ पनि छन् । उनीहरु पनि सन्जु जस्तै बुवालाई सम्झन्छन् । उनीहरुलाई बुवा बिते जस्तो नै लाग्दैन ।
साउदीबाट फर्किनु भन्दा चार दिन अघि सन्जुलाई बुवाले फोनमा धेरै चिज ल्याइदिन्छु भनेका थिए । ‘बुवाले म पर्सि आउँछु, घडी, लुगा ल्याइदिन्छु भन्नुभाथ्यो’ बुवासँग अन्तिम पटक बोलेको कुरा उहाँले सुनाउनु भयो ।
बुवाका बारेमा कुरा गर्न थालेपछि सन्जु भक्कानिनु भयो । बुवासँग बोलेको सबै कुरा सुनाउन सक्नु भएन । नेपाल फर्कने तयारीमा रहेका सन्जुका बुवाको घर फर्कनु भन्दा चार दिन अघि मृत्यु भयो । उहाँलाई बुवाको के कारणले मृत्यु भयो थाहा छैन् ।बुवाको शव नेपाल आए पनि सन्जुले देख्न पाउनु भएन । काठमाडौंमा दाहसंस्कार गरियो ।
बुवाको लास समेत देख्न नपाएकोमा सन्जुको गुनासो छ । चाडवाडका बेला सन्जुका आँखामा आँशु ओभाउँदैनन् । सन्जु भन्नुहुन्छ ‘कतैबाट बुवा आउँछन् कि जस्तो लाग्छ ।’सानै देखि आमासँग मात्र बसेका सन्जुका दिदीभाइका लागि आमा भन्दा अर्को संसार थिएन् । आमाले सबै चिज पु¥याएकी थिइन् । तर बुवा बितेको डेढ वर्षपछि आमाले पनि अर्कै सँग विहे गरिन् । त्यसपछि उनीहरु सहाराविहिन बने ।
विहे गर्ने बेलामा आमाले उनीहरुलाई मावलीमा लगेर छाडेकी थिइन् । बुवा बितेपछि आएको क्षतिपूर्तिको पैसाले आमाले बेलाबेलामा आएर स्कूल फि र लुगाफाटा किनिदिन्थिन् ।उनीहरु तीनै जना मावलीमै बस्थे । बुढा भएका बाजे बजैका लागि उनीहरु साथी भएका थिए ।
तर मावलीमा सन्जुलाई आमासँग बसेजस्तो सहज भएन् । मावलीमा बजैले गर्ने सानो सानो गालीमा पनि सन्जुको चित्त दुख्थ्यो ।
बुवा बितेपछि उनीहरुका सबथोक बाजेबजै नै थिए । तर बाजे बजैले नै राम्रो व्यवहार नगरेपछि सन्जुलाई साह्रै दुःख लाग्थ्यो । ‘बजैले नराम्रो शब्दले गाली गर्ने, माइजूले पनि बाउ टोकुवा तिम्रै घर जाउ भनेर गाली गर्थे’ सन्जुले रुँदै सुनाउनु भयो ।
आफ्ना भन्नेले नै गरेका यस्ता व्यवहारले सन्जुलाई कोही नभए जस्तो लाग्थ्यो । सन्जुकी दिदी मन्जु भन्नुहुन्छ, ‘सबैले गाली गर्दा त कहाँ गएर मरुँ जस्तो लाग्ने ।’आमाले केही समय त तीनै जनालाई सँगै काठमाडौं ल्याएकी थिइन् । तर पछि मावलीमै लगेर छाडीदिइन । मावली मै बसेर सन्जु र मन्जुले एसइइ परीक्षा दिनुभयो ।
परीक्षा सकिए पछि उनीहरु काका काकीकोमा बसेका छन् । त्यही भेटिएका सन्जु र उहाँका दिदीभाइलाई अब कहाँ बस्ने पत्तो छैन् । के गर्ने पनि पत्तो छैन् । अर्कैको भैसकेकी आमालाई पनि उनीहरुको बारेमा सोच्ने फुर्सद छैन ।सन्जुलाई बाउआमा नभएरै सबैले हेपेको जस्तो लाग्छ ।
गाली बुझ्ने भएकी सन्जुलाई मावली फर्कने मन छैन । मन्जुलाई पनि मावली सम्झन मन लाग्दैन ।सन्जु १६ वर्षको हुनुभयो । उहाँकी दिदी मन्जु १७ वर्ष । सन्जु र मन्जुका उद्देश्य एउटै छ भाइलाई इन्जिनियर पढाउने ।
सन्जुको भने भविष्यमा आर्मी बन्ने लक्ष्य छ । तर यी सपना कसरी पूरा हुन्छ भन्ने उनीहरुलाई थाहा छैन । बस्ने घरको ठेगान नभएका सन्जु र दिदी भाइलाई सुरुमा त यी सपना पूरा गर्ने

Subscribe to:
Posts (Atom)
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस