मुम्बई – बलिउडकी व्यस्त हिरोइन सोनाक्षी सिन्हाको समय पाउन निर्देशकलाई सहज छैन। पटना थातथलो भएकी हिरोइनका निकटस्थ साथीहरु भन्छन् प्रस्ताव बोकेर धाउने कतिपय निर्देशकहरुले उनलाई दिक्दार पारेका छन् रे। वेलकम ब्याक निर्माणमा लागेका निर्देशक एनीज बजमी चाहिँ सोनाक्षीलाई आफ्नो हातमा पारेको बताउँछन्। हेराफेरी फोरका यी निर्देशकसँग पनि सोनाक्षी दिक्दार रहेको चर्चा छ।
'त्यो सत्य हैन', उनले प्रस्टिकरण दिए- 'सोनाक्षीले मलाई जुलाइ र अगस्टकव समय दिएकी छिन्।' आफूले सेप्टेम्बर अन्तिमसम्मको समय मागेको उनले प्रस्ट पारे। 'उनी असाध्यै व्यस्त हिरोइन हुन्। मलाई उनको जोडीको रुपमा जोन अब्राहमलाई राख्ने मन छ र हामीले सबै कुराहरु सोनाक्षीको समय हेरेर मिलाउनु पर्नेछ', निर्देशक एनीज भन्छन्। दुवैको समय मिल्ने गरी तालमेल मिलाउन उनी काम गरिरहेका छन्।
वेलकम ब्याकको सुटिङ यही महिनादेखि सुरु हुँदैछ। २००७ मा बनेको वेलकमको सिक्वेलको रुपमा वेलकम ब्याक निर्माण हुन लागेको हो। चर्चित दबङमा मुख्य भूमिका सहित बलिउडमा डेब्यु गरेकी सोनाक्षी अहिले बलिउडमा धेरै ब्यस्त छिन्। बुलेट राजा, राम्बो राजकुमार तथा पिस्तोल उनका आउन लागेका सिनेमा हुन्। सोनाक्षीको आगामी प्रोजेक्ट वेलक्म ब्याक हुने निर्देशकले बताए पनि उनले भने मुख खोलेकी छैनन्।