भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''पाकिस्तानमा गुडिरहेको बसमा आक्रमण, १९ जनाको मृत्यु''

पाकिस्तानमा गुडिरहेको बसमा आक्रमण, १९ जनाको मृत्यु

काठमाडौं, जेष्ठ १६ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुधकारी समूहले दुईवटा गुडिरहेको बसमा आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

प्रान्तीय राजधानी क्वेताबाट कराँचीका लागि शुक्रवार वेलुकी गुडेका ती वसमा चढी लडाकुहरुले यात्रुलाई बाहिर निकालेर गोली हानी हत्या गरेको बताइएको छ ।

प्रान्तीय गृहमन्त्री सरफ्राज बुग्टीका अनुसार लडाकुहरुले केही यात्रुलाई अपरहण गरेका छन् । बसमा कती यात्रु थिए र आक्रमण कसले ग¥यो भन्नेबारे केही खुल्न सकेको छैन ।

बलुचीस्तान प्रान्तमा अलग्गै राज्यको माग गर्दै लामो समयदेखि पृथक्तावादीहरुले आक्रमण गर्दै आएका छन् ।

पछिल्लो आक्रमणमा उत्तरी बलुचिस्तानको रैथाने पास्तुन जातीका नागरिकलाई निशाना बनाईएको बुझिएको छ । एजेन्सी
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस