बुढी जस्तै बच्चा जन्मेपछि आमाबुवाले नवजात शिशु लिन इन्कार गरे (फोटो फिचर)
एजेन्सी, ५ असार । कुनै आमाबुवाले आफ्ना नवजात शिशुलाई स्वीकार्न इन्कार गर्लान ? तर भारतको मुम्बईमा यस्तै भएको छ । जब बृद्धा जस्तै अनुहार भएको बच्चा जन्मेपछि आमाबुवाले त्यो नवजात शिशुलाई दूध खुवाउन मात्रै इन्कार गरेनन् बच्चालाई लिनै नै मानेनन् ।
दुई साता अघि जन्मेको उक्त शिशुको अहिले मुम्बईस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
उक्त बच्चा इन्ट्र युट्रिन ग्रोथ रिटार्डेशन नाम दूर्लभ रोगको विरामी रहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार एक हजार नवजात शिशुमा शुन्य दशमलव दुई प्रतिशतमा यस्तो रोग देखा पर्छ । उक्त नवजात शिशुको तौल ८ सय ग्राम रहेको सात महिनामै जन्मिएको बताइएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस