भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''दाजुले बहिनीको सिउँदोमा सिन्दुर हालेपछि…पुरा जानकारी हेर्नु होला ''

दाजुले बहिनीको सिउँदोमा सिन्दुर हालेपछि…
भोपाल । भारतको मध्यप्रदेशको छतरपुर जिल्लाको एक गाउँमा शनिबार बिहान एक प्रेम जोडी विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् । उनीहरु दुवैको गम्भीर अवस्थामा छतरपुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यस्तो छ पुरै घटनाक्रम
मूलचन्द कुशवाह (२१) र उनका मामाकी छोरी राजकुमारी (१९) बीच करिब २ वर्षदेखि प्रेम चलिरहेको थियो । मूलचन्द्र छतरपुरदेखि करिब १५ किलोमिटर टाढा मऊसहानियामा बस्थे ।
राजकुमारी त्यहाँभन्दा करिब ८० किलोमिटरको दुरीमा उत्तरप्रदेशको दूर चरखारी भन्ने स्थानमा बस्थिन् । शुक्रबार राजकुमारी मुलचन्द्रको घरमा आएकी थिइन् ।
उनीहरु शनिबार बिहानै घरबाट निस्किएर घुम्नका लागि भन्दै म्युजियमतर्फ गएका थिए । उनीहरु दुवै जनाले म्युजियमको पछि बसेर संगै जिउने मर्ने कसम खाए ।
मुलचन्द्रले राजकुमारीको माग अनुसार उनको सिउँदो भरे । दुवैजनाले आफ्ना हातमा एक अर्काको नाम लेखे । तर उनीहरु एक अर्काबीचको पारिवारिक सम्बन्ध र विवाहलाई लिएर चिन्तित थिए ।
दुवै जनाले भावनामा बगेर बिष खाए । सोही स्थानमा रहेका मानिसहरुले मुलचन्द्रको परिवारलाई जानकारी दिएपछि बेहोस अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । उनीहरु दुवै जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस