भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''कोरियामा पानीजहाज निर्माण कम्पनिको जहाजमा भिषण आगालागी, एक नेपाली घाइते ''भिडियो सहित

कोरियामा पानीजहाज निर्माण कम्पनिको जहाजमा भिषण आगालागी, एक नेपाली घाइते (भिडियो सहित) दक्षिण कोरियाको खजेदो स्थित पानीजहाज निर्माण कम्पनि डिएसएमइको निर्माणाधीन पानीजहाजमा आज बिहान ९ बजेदेखी भीषण आगोलागी भाइरहेको छ । बिहान ८ बजेबाट उक्त जहाजमा कामदारहरु काम गर्न पसेको र एक्कासि बिहान ९ बजेदेखि भीषण आगोलागी भएको थियो । यो समाचार तयार पारुन्जेल पनि आगोलागी भीषण रुपमा भैरहेको छ । ब्लक जोड्ने (चिबु गर्ने) काम गर्दा आगोलागि हुनपुगेको बताइको छ । हालसम्म क्षेतिको पुर्ण बिवरण भने आउन सकेको छैन । हालसम्म कुनै मानवीय क्षेती नभएको पनि खुल्न आएको छ । उक्त घटनामा परि एकजना नेपालीलाई स्वासप्रस्वासमा समस्या भएको र उपचारका लागि कम्पनिकै अस्पतालमा पठाइएको जानकारी प्राप्त भएको छ । स्थानिय प्रहरी, दमकल तथा हेलिकप्टर समेतको सहयोगमा हाल आगो नियन्त्रणको प्रयास तिब्र रुपमा भइरहेको छ । जहाजभित्र आगो लागि भएको कारणले नियन्त्रण कार्यमा केही कठिनाइ भएको हो । स्मरण रहोस यस डिएसएमइ कम्पनीमा लगभग ७०० जना नेपालिहरु कार्यरत छन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस