भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''सुनसरी पनि थरुहटको आन्दोलनले तनावग्रस्त, गर्भवती बोकेर गुडेको एम्बुलेन्सै तोडफोड''

सुनसरी पनि थरुहटको आन्दोलनले तनावग्रस्त, गर्भवती बोकेर गुडेको एम्बुलेन्सै तोडफोड

सुनसरी, भदौ ८ । थरुहट संघर्ष समितिको आन्दोलनका कारण सुनसरीको दुहबी भलुवा नगरपालिकामा तनाव सिर्जना भएको छ ।

सुनसरीको दुहबी नगरपालीका, औरावनी, सिमरियालगायतका गाविसबाट आएका थरुहट कार्यकर्ताले मंगलबार दुहवीमा प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री बामदेव गौतमको राजीनामा माग्दै प्रर्दशनकारीले लाठी जुलुस निकालेपछि दुहबी भलुवा नगरपालिकामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रर्दशनकारीले दुहबीमा गर्भवती महिला बोकेर विराटनगर जाँदै गरेको एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस