भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''विशाल चट्टान पृथ्वीमा ठोकिँदै, सेप्टेम्बरमा संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी''

विशाल चट्टान पृथ्वीमा ठोकिँदै, सेप्टेम्बरमा संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी


एजेन्सी ।

केही खगोलविदहरुले आगामी ४ साताभित्र पृथ्वीमा एक भयानक खगोलीय चट्टान ठोक्किने र त्यो संसारकै अन्त्यको कारण बन्न सक्ने दावी गरेका छन् ।

एस्टेरोइड भनिने उक्त चट्टान सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुने अवस्था समेत आउने कतिपय शंकाबादी खगोलवीदको दावी छ ।

earth end 1आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए ।

रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार २८ सेप्टेम्बर उनले भन्ने गरेको ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस