पुरुषलाई मन नपर्ने महिलाका ७ बानीहरु
प्राय पुरुष मानिसहरू खाने लगाउने देखि सामानहरू कहाँ कसरी राख्ने भन्ने कुरामा पटक्कै ख्याल दिँदैनन् । यस्तो बानी पार्टनर मन पराउँदैनन् । त्यसैले पुरुषका दैनिक जीवनका उसका धैरै आनिबानीहरू उनीहरूका पार्टनरहरू मन पराउँदैनन् । जस्तै मोजा खोलेर जथाभावि फाल्नु, नुहाएर टाबेल ठिक ठाउँमा नराख्नु, आफ्नो कपडा धुन जाँगर नगर्नु, टाइममा घरमा नआउनु कतिपयले परिवारलाई समय नदिनु लगायतका पुरुषका आनिवानी महिलाहरू तथा परिवारलाई राम्रो लाग्दैन । महिलाहरूमा पुरुषका यस्ता आनीबानीका बारेमा आलोचना गर्ने बानि हुन्छ । कतिपय महिलाका आनीबानीहरू पुरुषलाई पनि मन परेको हुँदैन । तर पुरुषहरूले मुख खोलेर नभने पनि महिलाहरूको धेरै आनिबानी मन नपराउने गरेको विज्ञहरू बताउँछन् ।
1-यसो गर र उसो नगर भन्ने बानी ः
अधिकांश महिलाहरूले पुरुष साथीलाई यसो गर र उसो नगर भनेर निर्देशन दिने बानी पुुरुषहरू पटक्कै मन पराउँदैनन् । महिलाहरूले कुरा–कुरामा उनीहरूलाई रोकतोक गरेको मन पर्दैन । अधिकांश पुुरुषहरू घण्टौँ बसेर क्रिकेट या फुटवल हेर्न मन पराउँछन् । खेल हेर्दाहेदै चिच्याउने, भिडीयो गेममा घण्टौँ लिप्त रहन, साथिभाइसँगै खुलेर कुरा गर्न उनीहरू औधी मन पराउँछन् । उनीहरू यस्ता कुुरामा आफ्नी श्रीमती वा गर्लफ्रेन्डसँग सम्झौता गर्न रुचाउँदैनन् ।
2-कतिखेर के बोल्ने भन्नेमा ख्याल नगर्ने बानी
पुुरुषहरू आफ्नो महिला पार्टनरबाट आफूहरूले कुरा गर्ने टाइम, कुरा गर्दा कोसँग कुरा गरेको छु, विषय के हो ? आफूूले कुरा राख्ने समय कुन हो ? भन्ने कुरा ख्याल गरिदिए हुन्थ्यो भन्ने आसा राख्दछन् । पुरुषहरू फोनमा कुरा गर्दा, टिभी हेर्दा लगायतका केही विषयमा महिलाहरू बीचमा बोलेको मन पराउँदैनन् । अफिसमा काम सकेर घर पुुग्न पाएको छैन महिलाहरू दिनभर घरमा भएका झिनामसिना कुराहरू लिएर गुनासोहरू गर्छन्, पुुरुषहरू यो पनि मन पराउँदैनन । आफ्नो पार्टनर खुशी होस् र परिवारमा शान्त वातावरण बनिरहोस भन्ने महिलाहरूले यस्ता बानी परिवर्तन गर्न जरुरी छ ।
3-आफ्ना साथीहरूस“ग भेट गराउन खोज्नु
पुरुषहरू आफैमा पनि फरक सोँचका हुन्छन् । धेरै महिलाहरू आफ्ना प्रेमी वा पतिलाई आफ्ना साथिहरूसँग भेट गराउन चाहन्छन्, जुनकुरा पुरुषहरू मन पराउँदैनन् । जब्सम्म पुरुषहरू स्वयम् यस्ता कुरामा चासो राख्दैनन् तबसम्म उनीहरू यस्ता भेटघाटका कुरामा चासो राख्दैनन् । महिलाहरू यस्ता कुरालाई हल्का रूपमा लिएपनि पुरुषहरू चिढिने गर्छन् ।
4-खाना बनाएर मन जित्नुस
धेरै पुरुषहरू खानाका शौखिन हुन्छन् । तर, उनीहरू आफूहरूलाई खाना बनाउन नपरे हुन्थ्यो भन्नेमा हुन्छन । जब उनीहरू बाहिरबाट आउँछन महिलाको हातले बनाएको मिठो खाना खान चाहन्छन् । बाहिरबाट फर्कदा आफूूलाई खाना बनाउनुप¥यो भने उनीहरू रिसाउँछन् । महिलाहरूले यो कुरामा ध्यान दिनुस । उनीहरूलाई सोधेर के मन पर्छ त्यही बनाउनुस ताकि तपाईं घरमा नभएको बेलामा पनि तपाईंको अनुपस्थिति महसुस गरुन् ।
5-तरकारी किन्न
महिलाहरूलाई जति किनमेल गर्न मनपर्छ त्यति पुुरुषहरूलाई मन पर्दैन । उनीहरू केही न केही बहाना बनाएर त्यो काम गर्नबाट टाढा हुन्छन् । उनीहरू दिनभर बजार घुुमेर बजार भाउ बुुझ्न र किन्न मन पराउँदैनन । अझै तरकारी र फलफुल किन्न त झनै चासो राख्दैनन् ।
6-म राम्री देखिएकी छु ?
यदि तपाईं म राम्री देखिएकी छु भनेर आफ्ना श्रीमान या पार्टनरसँग सोध्नुुभयो भने कम पुुरुष साँचो बोल्छन् । उनीहरू महिलाहरूले गाह्रो नमानुन भनेर झुट बोल्ने गर्छन् । त्यसैले यस्ता कुराहरू सोध्नुभन्दा पहिला आफैले ऐना अगाडि उभिएर हेर्ने गर्नुस् तपाईंलाई मनपर्ने जवाफ ऐनाले दिनेछ ।
7-हरेक कुरामा फोन गर्ने बानी
पुुरुषहरू यस्ता कु्रालाई मन पराउँदैनन, जुन कुरा महिलाहरू हरेक कुरामा फोन गरेर सोँधेको मन पर्दैन । महिलाहरू खाना बनाउने देखि लिएर साडी या अन्य कपडाको रोजाइसम्म सोध्ने बानी गर्छन् । यी कुरामात्र नभएर बाटो बिराउँदा पनि महिलाहरू फोन गरेर सोध्ने गर्छन । यस्ता कुरामा पुरुषहरू सोच्ने गर्छन आफ्नो महिला पार्टनर बाटोमा हिड्दा त्यसको बारेमा लेखेर राख्ने र सम्भव भएसम्म आफ्नो बाटो पैल्याउने खुवी आफैले राखुन भन्ने ठान्छन् । महिलाहरूले पुरुषलाई डिस्र्टब गर्नु भन्दा पहिले आफ्नो मष्तिष्कको प्रयोग गरुन भन्ने चाहन्छन् ।
सम्बन्धलाई राम्रो बनाएर अगाडि बढाउन आपसी समझदारी, इमान्दारीता विश्वासका साथै मन पर्ने र नपर्ने कुरा पनि महत्वपूर्ण हुन्छ । त्यसैले एक अर्काको बानी बुुझेर व्यवहार गरेमा सम्बन्ध जीवनभर खुसीयालीसँग बित्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस