रोजगारीको लागि मलेसिया पुगेका एक नेपालीको लुटेरा समुहले हत्या गरेको छ | मलेसियामा सुरक्षा गार्डको काम गर्दै आएका जुम्लाका हरि महताराको लुटपाट गर्ने क्रममा तरवारले काटेर हत्या गरेका हुन् |
मलेसियाको सन्वे स्थित सासा सेक्युरिटी कम्पनीमा कार्यरत महतारालार्इ गत सोमबार लुटेरा समुहले तरवार प्रयोग गरि हत्या गरेको नेपाली दूतावास मलेसियाले पनि पुष्टि गरेको छ | दूतावासका द्वितिय सचिव उत्तम शाहीले हरिको स्थानीय लुटेरा समुहको अाक्रमणमा ज्यान गएको बताए |
मृतकको शव पोस्टमार्टमको लागि अस्पतलमा राखिएको र पोस्टमार्टम पछि नेपाल
पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ | लुटेराको आक्रमणमा परि हरि संगै
रहेका अर्का नेपाली युवा पनि घाइते भएका छन् | घाइते युवाको नाम खुल्न
नसकेको दुतावासले जनाएको छ |