यौन सन्तुष्टि नहुँदा आत्मग्लानी किन हुन्छ ?
आश्विन २५, २०७२- २ महिनादेखिको तराई मधेस बन्द र भारतको अघोषित नाकाबन्दीका कारण यहाँ रहेका बैंकमा रकम अभाव हुन थालेको छ । यहाँ रहेका अधिकांश बैंकले ३ लाख रुपैयाँभन्दा बढीको चेक सटही नै गर्दैनन् । ३ लाख रुपैयाँ बढीको चेक सटही गर्न जाने ग्राहकलाई फिर्ता पठाइदिने गरेका छन् । बन्दले बैंकबाट पर्याप्त रकम निकाल्न नपाएपछि सर्वसाधारण दसैंको पूर्वसन्ध्यामा मारमा परेका छन् । सरकारी स्वामित्व रहेको नेपाल बैंक लिमिटेड शाखामा रकम अभाव छ । बैंकसँग रकम नहुनुमा मुख्य कारण इन्धनको अभाव हो ।
नेपाल राष्ट्र बैंक वा अन्य शाखाबाट आवश्यक रकम ट्रान्सफर गरेर सवारी साधनमा ल्याउनुपर्छ । इन्धनको अभावले गर्दा रकम नै ल्याउन पाएका छैनन् । ‘रकम अभाव भएकाले सर्वसाधारणलाई सहज रूपमा रकम उपलब्ध गराउन सकेका छैनौं,’ नेपाल बैंक हेटौंडा शाखाका प्रमुख खडकसिंह मोक्तानले भने, ‘रकम माग गरेका छौं, शुक्रबारसम्म आइपुगेको छैन ।’ झन्डै २ महिनादेखि तराई मधेसमा बन्द हडताल भएकाले बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाहीलगायत जिल्लाबाट आउनेहरूले यहीँका बैंकहरूबाट रकम झिकेकाले रकमको अभाव भएको मोक्तानले बताए ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस