भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'' म आफ्नो श्रीमान्लाई पूर्ण सन्तुष्टि दिन सक्दिनँ के गर्नु पर्ला''

 म आफ्नो श्रीमान्लाई पूर्ण सन्तुष्टि दिन सक्दिनँ के गर्नु पर्ला

म विवाहित महिला हुँ। मेरो एउटा बच्चा पनि छ। म आफ्नो श्रीमान्लाई पूर्ण सन्तुष्टि दिन सक्दिनँ, के गर्ने होला ?

यौनचाहना हामीलाई प्रकृतिले दिएको एउटा विशेषता हो र सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ। यो हाम्रो वंश निरन्तरताका लागि आवश्यक पनि छ। यौनसम्बन्धी हाम्रा चासो तथा चाहना मस्तिष्कबाट सुरु हुन्छ। मस्तिष्कको भनिने सानो अंगले प्राणीमा यौनसम्पर्क राख्ने आधारभूत व्यग्रता उत्पन्न गर्छ भने अर्को अङ्ग Cerebral Cortex ले हामीले सिकेका कुरा तथा अनुभवको अभिलेख राख्ने कार्य गर्छ। यौन संवेदनशीलतासम्बन्धी कुरा पनि यही भागबाट सञ्चालित हुन्छ। यौनईच्छालाई प्रभावित तुल्याउने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ। यी सबै कुराको संयुक्त प्रभावबाटै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन्। यौनसम्पर्क होस् वा अन्य यौन क्रियाकलाप, ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने जटिल प्रक्रिया हो। मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रीय प्रणाली अनि मस्तिष्कले। यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरा हेर्दा हाम्रो शरीरमा केही परिवर्तन भएको देखिन्छ। यौन उत्तेजनाप्रति हाम्रो शरीरले देखाएको प्रतिक्रिया भएरै यसलाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छ र त्यही प्रतिक्रियाअनुरूप हामीले यौन चरमसुख प्राप्त गर्छाैं।

भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस