यस अनुसन्धानमा सहभागीले आफ्नो लिङ्गको मापन पेशागत व्यक्तिबाट गराएका थिए भने बेलायती अनुसन्धानकर्ताहरूले यसरी अफ्नो तथ्याङ्क सङ्कलन गरेका थिए । उनीहरूले बहुङ्ख्यक पुरुषले आफ्नो लिङ्गको आकार औसत भएको फेला पार्ने बताएका छन् ।यस समूहले यसपछि यी तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरेका छन् र ‘लिङ्ग सानो भयो भनी चिन्ता गर्ने’ व्यक्तिलाई परामर्श दिन चिकित्सकले यस विश्लेषणलाई प्रयोग गर्नसक्ने बताइएको छ ।
यस्ता विषयमा धेरै चिन्ता गर्ने पुरुषमा ‘बडी डिसमोर्फिक डिसअर्डर’ हुनसक्ने बताइएको छ । यस्तो दुर्बल मानसिक अवस्थामा पुरुषमा असामाजिक व्यवहार, उदासीपना तथा आत्महत्याको प्रवृत्ति देखापर्नसक्ने बताइएको छ ।वास्तवमा केबल २.२८ प्रतिशत पुरुष जनसङ्ख्यामा असमान्य रूपमा सानो लिङ्ग हुने यस अध्ययनमा देखिएको छ । यसै गरी यस्तै प्रतिशतमा असामान्य रूपमा ठूलो लिङ्ग हुने पनि यस अध्ययनमा देखिएको छ ।
यस अध्ययनमा १७ वर्षदेखि ९१ वर्षका पुरुष सहभागी भएका छन् । उनीहरूले युरोप, एसिया, अफ्रिका तथा अमेरिकामा यसअघि गरिएका २० अध्ययनमा भाग लिएका थिए र आफ्नो लिङ्गको मापन गरेका थिए ।यस अध्ययनमा जातिको आधारमा लिङ्गको आकार फरक परेको प्रमाण फेला नपरेको बताइएको छ ।यसअध्ययनमा भाग लिने प्रायः व्यक्ति युरोपेली तथा मध्यपूर्वी भागबाट आएका व्यक्ति भएकाले यस तथ्याङ्कमा पूर्ण तुलना गर्न नसकिएको बताइएको छ ।
