भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''प्रेम सम्बन्ध प्रगाढ राख्न यौनका क्रममा यी कुराहरु विचार गर्नुहोस् '''

प्रेम सम्बन्ध प्रगाढ राख्न यौनका क्रममा यी कुराहरु विचार गर्नुहोस्
यौन मानव जीवनको अपरिहार्य प्रक्रिया हो । हरेक मानिस सेक्स/यौनको भोको हुने गर्छ । पुरूड तथा महिला दुवैको जीवनको मायाको उत्कर्ष रूप हो यौन तर पुरूष तथा महिलाको यौन व्यवहारमा हुने फरकले महिला र पुरूषलाई यौनमा असन्तुष्टी पैदा हुने गर्छ ।
सामान्यतया पुरुषहरू सेक्सलाई नियमित प्रक्रियाका रूपमा लिएर यसलाई सकेसम्म चाडो सक्ने प्रयत्नमा हुनछन् भने महिलाहरू सकेसम्म लामो समय लिन चाहन्छन् । यसरी महिला तथा पुरूषको यौन चाहनाले फरक पार्दा महिला तथा पुरूषको यौन जीवन सुखमय नबन्ने सम्भावना बढी हुन्छ ।

विभिन्न खोज तथा अनुसन्धानले के देखाएको छ भने महिलाहरुलाई यौनमा चरम आनन्द प्राप्त गर्नका लागी पुरूषको तुलनामा केही लामो समय लाग्ने गर्छ । उनीहरू यौनसम्बन्धका बखतमा लामो समय बिताउन चाहन्छन् ।
यस्तै, पुरूषहरू सकेसम्म यौनका लागी प्रत्येक दिन एकै समय र एकै स्थानमा सेक्स गर्न रूचाउँछन् तर महिलाहरू भने ठीक त्यसको विपरित यौनको अनुभवलाई फरक-फरक स्थानमा र फरक-फरक तरिकाले लिन चाहन्छन् । तर महिलाको यो चाहनालाई पुरूले बुझेका हुँदैनन् । यसले गर्दा महिला र पुरुषबीचको सम्बन्धले लामो समय सफलता पाउँदैनन् ।
सेक्स सुरू गर्नु अगाडि महिलाहरूलाई चुम्बन गर्न र शरीरका अंगहरुलाई स्पर्श गरेको खुब मन पर्छ तर पुरुषहरू यसमा धेरै रुची देखाउदैनन्, खाली सेक्समा मात्र ध्यान केन्द्रित गर्छन् । धेरै महिलाहरूले गर्ने गुनासो नै हुन्छ की साथीले सेक्सका बेला जबरजस्ती गर्छन् ।

यसरी सेक्स गर्दा महिलाहरूलाई पीडा पनि हुन्छ ।
मनोचिकित्सकको भनाई मान्ने हो भने सेक्सलाई लिएर पार्टनरसँग जबरजस्ती गर्नु एक दमै गलत हो किनकी सेक्सलाई जहिलेपनि प्रेमसंग जोडिन्छ ।
महिला मित्रलाई सदैव यस कुराको चिन्ता हुन्छ कि उनको पार्टनर बिना उनको ईच्छा नबुझिकन सेक्स गर्न थाल्छन् । पुरुषहरूले महिला साथीलाई सेक्सको ईच्छा वा चाहना छ वा छैन भन्ने विषयमा सोच्ने तथा बुझ्ने प्रयत्न नै गर्दैनन् ।

सेक्स गर्ने समयमा पार्टनरसँग प्रेमपूर्वक कुराकानी नै नगर्ने पुरुषहरूको बानी नै हुन्छ तर सही र आनन्दमय सेक्सको निम्ती यो अतिनै जरूरी कुरा हो । मनोचिकित्सका अनुसार सेक्स गर्नु पूर्व पुरुष र महिलाबीच प्रेमका कुराकानी भएन भने महिलाहरूले सेक्समा त्यति मजा लिन सक्दैनन् ।
यदि तपाई एक स्वस्थ्य सेक्सी लाईफको कामना गर्नुहुन्छ भने यो जरुरी छ की सेक्स गर्नु पहिले पार्टनरसँग जति हुनसक्छ धेरैबेर प्रेमको कुराकानी गर्नु पर्छ ।
सेक्सको शुरुवात प्रेमका साथ गर्नु उपयुक्त मानिन्छ जसले महिलालाई सेक्स जबरजस्ति गर्न लागेको नभई पुर्ण रूपमा प्रेममा गर्न लागिएको छ भन्ने भान पार्छ ।

महिलाहरुले चाहेजस्तो सेक्सको मज्जा उठाउन उनीहरुले चाहेजस्तो सेक्सको समय र स्थान तथा आसनहरू परिवर्तन गर्नु अझ प्रभावकारी हुन्छ ।
जब तपाई आफनो सेक्स लाईफबाट यी गल्तीहरुलाई हटाउनु हुन्छ तब तपाई सेक्सलाईफलाई अधिक रोचक र आनन्दमय पाउनु हुन्छ । साथै तपाईं र तपाईंकी पार्टनरबीच प्रेम सम्वन्ध धेरै प्रगाढ हुन्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस