भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''यसरि हुने रहेछा काठमाडौंका आकाशे पुलमा यौन धन्दा भिडियो सहित ''

काठमाडौंका आकाशे पुलमा यौन धन्दा
काठमाडौं,असार ११। उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रुपमा परिचित हुँदै गएको छ । अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाइएको हो । भूकम्पपीडित गाउँबाट आएका , आर्थिक अवस्था कमजोर भएका र साथीहरुसँगको लहैलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरुलाई यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले जनाएको छ । ११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका, गर्भवती र एकल महिलासमेत यौनकार्यमा संलग्न रहेका अध्ययनमा संलग्न एमएमएसडी नेपालकी अध्यक्ष रुपा शर्मा (नेहा)ले बताइन् । ग्राहकले यौनकर्मीसँग मोलमोलाई गरिरहेको देख्न र सुन्न र अनुभव गर्न सकिने अध्ययनमा संलग्न छोरी नामक संस्थाकी अध्यक्ष हीरा दाहालले बताइन् । आकाशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना , सवारी मजदुर र विद्यार्थी बढी छन् । उनीहरुले प्रतिघण्टा पाँच सय देखि १० हजासरम्म तिर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्राहकहरुमा आर्थिक स्थिति नाजुक भएकादेखि उच्च ओहदाका व्यक्तिहरुसमेत रहेका स्थलगत अध्ययनमा आवद्ध सञ्जालका सदस्यले बताएका छन् । नौ महिनाकी एक गर्भवतीलाई किन यौनकार्यमा संलग्न रहेको भन्ने जिज्ञासा राख्दा सुत्केरी खर्च जुटाउन आएको जवाफ दिएको शर्माले बताइन । त्यसैगरी मनोरञ्जन क्षेत्र(होटल, रेस्टुरेन्ट, डान्सबार)महिला पनि यौनकार्यमा संलग्न रहेको अध्ययनले देखाएको छ । -रामकला खड्का, अन्नपूर्णपोष्ट दैनिकबाट
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस