भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''आइएसद्वारा सार्वजनिक स्थलमा ढुंगा हानेर मृत्युदण्ड''

आइएसद्वारा सार्वजनिक स्थलमा ढुंगा हानेर मृत्युदण्ड
बगदाद, असार ३ । इराकमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस)ले चार जनालाई ढुंगा हानेर मृत्युदण्ड दिएको छ । उनीहरुमाथि आइएसले व्यभिचारको आरोप लगाएको थियो । मृत्युदण्ड दिएको अवस्थामा खिचिएका केही तस्वीर हालै सार्वजनिक भएको छ । तस्वीरमा ढुंगाको थुप्रोका अतिरिक्त उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति देखिन्छ । उपस्थित सयौं सर्वसाधारणमध्ये बालबालिकाको संख्या पनि उल्लेख्य पाइएको छ । उनीहरुलाई शरीयत कानुन अनुसार दण्डित गरिएको आइएसले जनाएको छ । समाचार एजेन्सीहरुका अनुसार ढुंगा हान्नुअघि आइएस लडाकुले ती चारजनाको कसुर सुनाएका थिए । तस्वीरमा आरोपी चारजनालाई भने देखाइएको छैन । (एजेन्सी)
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस