नेपालगन्ज अवतरण गर्ने क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
असार १२, २०७३- बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार बिहान चरा ठोक्किएको छ ।
जहाज अवतरण भइ पार्किङमा ल्याउने क्रममा दाँया पंखामा चरा ठोक्किएको बुद्ध एयरका स्टेशन प्रमुख बिनित शाहले बताए । चरा सानो भएकाले ठोक्किए पनि पंखामा कुनै क्षति नदेखिएको विमानस्थल सुरक्षा स्रोतले बतायो ।
पुन: उडाउनुअघि भने प्राविधिक जॉच गराउनुपर्ने भएको छ । त्यसका लागि इन्जिनियर टोली मगाइएको शाहले बताए । ‘त्यस्तो समस्या छैन । तैपनि, सुरक्षा सुनिश्चित गर्न जॉच गर्न इन्जिनियर आउ‘दैछन्,’ उनले भने, ‘प्राविधिक समस्या नदेखिए तत्कालै अर्को उडान हुनेछ
