खै कहाँ गयो उदार टोलि कसरी हुने सुरक्षित ??
रविन भट्टराई copy online khabar
पहिलो महिला प्रधानन्यायाधीश कार्कीले सम्हालिन् कार्यभार
टेकुमा बन्ने भयो महानगरपालिकाको नयाँ कार्यालय भवन
प्रधानन्यायाधीश कार्की र प्रमुख निर्वाचन आयुक्त यादवले लिए शपथ
प्रधानमन्त्रीसँग ‘अन्तिम’ वार्ता गर्ने माओवादी निर्णय
तीनकुनेमा यस्तो बन्ने भो बुद्ध मूर्तिसहितको शान्ति मण्डला
गायक पिताले नचाहेका गायक छोरा
तमोर नदीमा बनेको ताल पूर्णरुपमा खुलेन
२७ असार, ताप्लेजुङ । ताप्लेजुङको सावादिन गाविसमा शनिवार रातिकोे पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था ३० घण्टा वितिसक्दा समेत उस्तै रहेको छ ।
सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति करीव दुई बजे तमोर नदी थुनेको थियो । नदी थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बन्दै फुरुम्बु तर्फको भाग बाट जमिन कटान गरी नदि बगिरहेको भए पनि थुनिएको भाग खुलेको छैन ।
नाक्ला भीरबाट पहिरोसँगै ठुला ठुला चट्टान झरेर नदी थुनेकाले थुनिएको भाग खुल्न नसकेको स्थानीय पवन श्रेष्ठले बताए । हिजो नदिको फुरुम्बु तर्फको भाग कटान गरी नदी बगेपछि तालको केहि पानी घटेपनि अहिले अबस्था उस्तै रहेको उनको भनाइ छ ।
नदी बगिरहेकाले नजिकै रहेको मितलुङ बजार जोखिममा नरहे पनि ताल देखि मुनिको तमोर नदि किनारका हान्द्रुङ र दोभान सहित खोक्लिङ गाविसको थुम्बाबेसी बस्ति जोखिममानै रहेका छन् । नदी थुनिएर ताल भएको स्थान भन्दा माथिको नदीबाट बाढी आएर थुनिएको भाग खुले ती बस्ती जोखिममा पर्ने देखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
पहिरो झरेको स्थानमा पुग्न बाटो नभएको र फुरुम्बु तर्फ नदिले कटान गरीरहेकाले थुनिएको नदी खोल्न सक्ने अबस्था नरहेको प्रहरीले बताएको छ । नदी थुनिएपछि खुलाउन आईतबार सदरमुकामबाट घटना स्थल गएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलि त्यसै फर्किएका थिए ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
