भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन''

वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन
काठमाडौं, भदौ ९ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको विहीबार निधन भएको छ । कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको विहीबार साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो । उनलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको स्व. गुरुङका भतिजा रत्न गुरुङले राससलाई जानकारी दिए । गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उनीहरू आएपछिमात्र अन्त्येष्टि गरिने छ । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने तय गरिएको छ । स्व. गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) र घुमफिरलगायत लोक तथा लोकपप गीतका एल्बम बजारमा उपलब्ध छन् । रासस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस