भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''रोचक तथ्या' सुन्दर छाला तथा आकर्शक पार्ने उचित घरेलु उपायहरु जानी राखौ ''

'रोचक तथ्या' सुन्दर छाला तथा आकर्शक पार्ने उचित घरेलु उपायहरु जानी राखौ
उमेर अनुसार मानव छालामा परिवर्तन आउने गर्छ । मानिसको उमेर उकालो लाग्दैगर्दा उसको शरिरको छालाको रंगरोगत तथा बनाबटमा फरक पनि आउँदै जान्छ । तर कतिपय अवस्थामा उमेर नपुग्दै पनि मानव छाला र त्यसमा पनि अनुहारको छाला कुरुप हुने गरेको पाइन्छ ।
आफूनो सुन्दर छाला उमेरै नपुगि तुरलुङग् झुण्डीएको देख्दा जसको पनि मन कुडिने गर्छ । त्यसमा पनि युवती वा युवाहरु त झनै चिन्तीत हुने गर्छन् र आफ्नो कुरुप बन्दै गएको छाला कसरी च...ुस्त र आकर्शक देखाउने होला भन्ने पीरमा आक्रान्त हुन्छन् ।
यसलाई मध्यनजर गर्दै आज हामीले छाला सुन्दर तथा आकर्शक बनाइ राख्न अपानउनुपर्ने विधिहरुका बारेमा जानकारी दिदैछौं । हाम्रो सल्लाहले याहाँहरुलाई पक्कैपनि फाइदा मिल्नेछ भन्ने आशा हामीले दिएका छौं ।
१. बेसन र दहीमा कागतीको रस निचोरेर पटकपटक अनुहारमा लेप लगाउने र केहीबेरपछि धुने गर्नाले छाला नरम, स्वस्थ्य र सुन्दर देखिन्छ ।
२. बेसार र श्रीखण्डको बराबर भागको मिश्रणमा पानी राखी लेदो बनाउने र राती सुत्दा लगाउने गर्नाले दुई हप्तामा छाला नरम, स्वस्थ र सुन्दर भएर आउँछ ।
३. नुहाउनुभन्दा अघि तिलको तेलमा बेसन र थोरै बेसार मिलाएर लेदो बनाई छालामा लगाउने र १०-१५ मिनेटपछि पानीले धुने गर्नाले छालामा नौलोपना आउँछ ।
४. भएसम्म घर बाहीर घाममा निस्किदा अनुहारलाई घामको सिधा संपर्कबाट बचाउने ।
५. नियमित रुपमा प्रशस्त पानीको सेवन गर्ने ।
६. चिल्लो तथा भुटेको खानाको सेबनबाट टाढै बस्ने ।
७. हरियो साग सब्जि तथा फलफूलको सेवन बढी मात्रामा गर्ने
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस