भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''भारतीय सेना पाकिस्तान प्रवेश गर्योः दुई पाकिस्तानी सैनिक मारिए ''

भारतीय सेना पाकिस्तान प्रवेश गर्योः दुई पाकिस्तानी सैनिक मारिए
काठमाडौँः भारतीय सेनाले पाकिस्तानी सीमा रोखाभित्र प्रवेश गरेर दुई सैनिकलाई मारेको छ । बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले जानकारी दिएका छन् । गतसाताबाट भारत र पाकिस्तानका बीचमा चर्किएको विवादले अन्तिम रुप लिएको हो । गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले पाकिस्तानको सीमा क्षेत्रमा नियन्त्रण बढाएपछि विवाद अझ बढी चर्किएको हो । बिहीबार मात्र पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट सिंहले भने, ‘यो हमला बुधबार राती गरिएको थियो । जब सीमा नियन्त्रण रेखामा आतंकवादी जम्मा हुँदैछन् भन्ने पक्का जानकारी हामीलाई प्राप्त भयो तब आक्रमण भयो ।’ बिहीबार बिहान २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको थियो । पाकिस्तानले भारतीय सेनाले बिना कारण सीमा रेखामा गोली हानेको जनाएको छ । पाकिस्तानी टेलिभिजन मार्फत् प्रधानमन्त्री नवाज शरीफले भारतले खुला अत्याचार सुरु गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘हामी भारतको खुला अत्याचारको कडा शब्दले निन्दा गर्छौँ ।’ पाकिस्तानी प्रधानमन्त्री शरीफले आफ्नो रक्षाका लागि तयार रहेको समेत बताएका छन् । रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री शरीफले आक्रमणको घोर भत्सर्ना गर्दै भनेका छन्, ‘हाम्रो मनशाय शान्ति हो त्यसलाई कमजोर नठानियोस्
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस