पूर्व युवराज युवराज्ञी पारस–हिमानी नाचे मस्तीले
काठमाडौं, १६ असोज, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए ।
हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरू भएका थिए ।
सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए ।
पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए। नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो।
पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो।
हिमानीको जन्मदिन शनिबार भए पनि शुक्रबार जन्मदिन मनाइएको थियो। जन्मोत्सवमा भोजस्थल विशेष रूपमा सजाइएको थियो।
बिभिन्न ब्राण्डका ह्वीस्की, वाइन र बियरको व्यवस्था गरिएको भोज सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूआत गरिएको थियो। हिमानीले केक काट्नासाथ सबै पाहुनाले शुभकामना दिएका थिए।