भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


स्याउ खानाले महिलाको यौन सन्तुष्टि बढाउन मद्दत गर्ने

स्याउ खानाले महिलाको यौन सन्तुष्टि बढाउन मद्दत गर्ने

दिनको एउटा स्याउ खानुहोस्, डाक्टर टाढा राख्नु होस्’ यो भनाई हामीले धेरै सुन्दै आएका हौं । तर अहिले आएर स्याउले मानिसलाई स्वास्थ मात्र होइन यसले महिलामा यौन सन्तुष्टि बढाउन पनि मद्दत गर्दछ ।

हालै एक अध्ययनले महिलाले दिनहुँ स्याउ खाँदा उनीहरुको यौन क्षमतालाई स्वस्थ बनाउने र यौन सन्तुष्टि पाउन मद्दत गर्ने देखाएको छ । स्याउमा पाइने पोलीफेनल र एन...्टीअक्सिडेन्टले यौन अंगमा रगतको बहावलाई बढाउने र त्यसले महिलामा यौन क्षमता बढाउने र उत्तेजित हुन सहयोग गर्ने देखाएको छ ।
यस परिक्षणका लागि अध्ययनकर्ताहरुले इटाली ७३१ महिलाहरुलाई सहभागी गराएका थिए । उनीहरुको उमेर १८ देखि ४३ वर्षसम्मको थियो ।
यसबाट अध्ययनकर्ताहरुले दिनमा एक वा दुईवटा स्याउ खाने महिलाको यौनाङमा चिल्लो पना राम्रो हुने र समग्र यौन क्रियालकलाप राम्रो हुने देखाएको थियो ।
स्याउमा पाइने फ्लोरिजिनले पनि महिलाको सेक्स हर्मोनलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ ।
यस विषयमा रिपोर्ट हफिङटन पोस्टमा आएको थियो ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस