भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''ओठ फुटेर हैरान हुनुहुन्छ, चिन्ता नगर्नुहोस अपनाउनुहोस यी आठ उपाय ''

ओठ फुटेर हैरान हुनुहुन्छ, चिन्ता नगर्नुहोस अपनाउनुहोस यी आठ उपाय

एजेन्सी । भिटामिन ‘बी’, ‘सी’, ‘इ’ को कमीका कारण ओठ फुट्ने समस्या देखिने एक अध्ययनले देखाएको छ । जाडो होस या गर्मी दुवै मौसममा ओठ फुटने समस्या छ भने यो समस्याबाट सदैका लागि छुटकरा पाउन तपाईले के कस्ता कसरत गर्नु भएको छ ।पक्कैपनि बजारमा आएका बिभिन्न केमिकलयुक्त पदार्थहरु प्रयोगमा ल्याउनु भएको होला । तपाईलाई पक्कै पनि लागेको होला माथी... उल्लेखीत समस्या समाधानका लागि बजारमा पाईने विभिन्न औषधीले ठिक हुन्छ ।
जानी राख्नुहोस यसले गर्दा समस्या समाधान हुनु त के साइड इफेक्टस् हुने खतरा बढ्न सक्छ । यस्ता समस्या समाधान गर्नका लागि हामीले आठ तरिका प्रस्तुत गर्दैछौंः जुन निम्नानुसार छन्ः१. खानाका भिटामिन ‘बी’, ‘सी’, ‘इ’ प्राप्त हुने खानेकुराहरु खाँदा ओठ फुट्ने समस्यावाट घटदै जान्छ,२. ओठको छालामा तैलीय ग्रन्थी नहुने हुँदा उचित प्रकारले रेखदेख गर्नुपर्ने हुन्छ । बिनाकारण कोट्याउने तथा कन्याउने गर्नु हुदैन । ओठमा मामरी जमेमा त्यसलाई हलुकासंग सफा गर्ने गर्नु पर्छः३. तैलीय ग्रन्थी नहुने हुंदा ओठ सुक्ने, चिरीने तथा मामरीजस्तै बक्लो जम्ने संभावना हुन्छ । यसको समाधानका लागि सुत्ने समयमा लिप बाम लगाउनु उचित हुन्छ ।४. ताजा कागतीको रस, मह र ग्लिसिरिनलाई मिसाएर लगाउनाले ओठलाई सधै ताजापन दिनमा मद्त गर्दछ । जसको कारणवाट ओठ मा सुख्खापन देखिदैन, सधै स्वस्थ र स्फुर्ती देख्न सकिन्छ ।५.चुक्नदरको रस पनि ओठको सुन्दरताका लागि अत्यन्तै लाभदायक मानिन्छ, यसको नियमित प्रयोगले ओठको सुन्दरता कायम राख्नमा सहयोग पूर्याउदछ ।६. सुत्ने बेलामा दुधको तर लगाएर ओठ मालिस गर्नाले पनि ओठमा सधै स्फुर्तीपना आउँछ । दुधको तरमा चिल्लो पना तथा छाला तरम बनाउन सक्ने तत्बहरु भएको हुनाले यसको प्रयोग अत्यन्तै लाभदायक मानिन्छ ।७. हरियो धनियाको रस बाट दैनिक रुपमा ओठ मजाज गर्ने गर्नुहोस, यसले गर्दा पनि ओठमा ताजापन दिन सहयोग पूर्याउछ ।८. निकै पूरानो लिपिस्टिक तथा अन्य बामहरु पूरानो भएको खण्डमा प्रयोग गर्नु हुदैन, किनकी तपाइको ओठ कालो बनाउन सक्ने संभावना हुन्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस