भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''हरियो खुर्सानीको फाईदा छाला चम्किलो बनाउदेखि ब्लड सुगर कम गर्ने सम्म ''

हरियो खुर्सानीको फाईदा छाला चम्किलो बनाउदेखि ब्लड सुगर कम गर्ने सम्म
सामान्य तया भोजनलाई स्वादिलो बनाउने एक किसिमको फल खुर्सानी हो । पीरो स्वाद हुने खुर्सानीले भोजनमा स्वादिष्ठता थप्ने गर्छ । आम नेपालीले खुर्सानी स्वादका लागि खाने गर्दछन् । नेपालमा धेरै थरीका खुर्सानी पाइैने गर्दछ । जस्तै : डल्ले, अकबरे, ज्यानमारा, जिरे, आकाशे आदि । खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ । पीरो मन पराउनेको लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । हामी धेरै...ले खुर्सानी स्वादका लागि नै प्रयोग गर्ने गरेका छौं ।

जिब्रोको स्वादका लागि हाम्रो भान्छामा प्रवेश गर्ने खुर्सानीले सामान्य बुझाईमा पिरोले असर गर्छ भन्ने लाग्छ । तर यही खुर्सानीले स्वास्थ्यको लागि कति लाभदायक छ भन्ने बुझ्नु पनि आवश्यक छ । खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ । हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ । त्यस्तै हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ ।
भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ । हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ । भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ । कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् । हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ ।
त्यस्तै खुर्सानीले डन्डीफोर पनि आउन दिँदैन । खुर्सानीमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ । पिसावको विरामीलाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउँछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस