भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज भूकम्प पीडितलाई हस्तान्तरण गरे

हजार घर बनाइदिन्छौं भन्नेहरु कता बिलाए, धुर्मुसले बनाएका घर अन्ततः भूकम्पपीडितले पाए
कात्तिक १२ । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज भूकम्प पीडितलाई हस्तान्तरण गरेकी छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाईमा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्प पीडित स्थानीयबासीलाई हन्तान्तरण गर्न उनी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन् ।
२३ घर, दुईटा चिल्ड्रेन पार्क, एउटा ...
पार्किङ र दुईटा सार्वजनिक धारा रहेको ब्लक ‘ए’ राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन् । २७ घर, चार चिल्ड्रेन पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा रहेको ब्लक ‘बी’ सीतारामका बाआमाले संयुक्त रुपमा समुदायलाई हस्तान्तरण गरे ।
त्यस्तै १५ घर, खेल मैदान र शितल ताप्ने चौतारी, एक चिल्ड्रेन पार्क, दई सार्वजनिक धारा रहेको ‘सी’ ब्लक कुञ्जनाका बाआमाले साँचो समुदायलाई बुझाएर हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा भाग लिन कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि गिरानचौर पुगेका थिए । सो अवसरमा फाउन्डेसनले ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँमा एकीकृत बस्ती निर्माण भएको जानकारी दिएको छ ।
फाउन्डेसनका अनुसार बस्ती बनाउन जनस्तरबाट ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो । बस्ती बनाउन लागेको कुल लागतमध्ये ४ करोड ५२ लाख ४४ हजार २ सय ८७ रुपैयाँ भूक्तानी भइसकेको छ । ६१ लाख ४ हजार ९ सय रुपैयाँ उधारो भूक्तानी तिर्न बाँकी छ । जस्ताको अस्थायी टहरोमा बस्दै आएका भूकम्पप्रभावितहरुले बस्ती हस्तान्तरण भएपछि यो वर्षको तिहार आफ्नै घरमा मनाउने भएका छन् ।




 
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस