भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''सुत्नु अघि खानुस् ५ खानेकुरा, जसले तपाईको मोटोपना नियन्त्रण गर्छ ''

सुत्नु अघि खानुस् ५ खानेकुरा, जसले तपाईको मोटोपना नियन्त्रण गर्छ
काठमाडौं । सबै मान्छेको चाहना सकेसम्म सुन्दर हुने हुन्छ । हुनत मान्छेको जात साह्रै असन्तोषि पनि छ । उसलाई कहिले भएको भन्दा फरक कुराको चाहाना हुन्छ । शारिरिक हिसावमा पनि मोटा मानिस दुब्लाउन चाहन्छन्, दुब्लाहरु मोटाउन चाहन्छन् । दुब्लो मानिसलाइ सँधै मोटाउने रहर भएजस्तै मोटो मानिसलाई भने बरु दुब्लाउन पाए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ... । यो नै मान्छेहरुको यहि असन्तोषि पनाले विभिन्न खाले रिसर्चहरु भएका छन् । विभिन्न विधिहरु पत्ता लागेका छन् ।

केहि शारिरिक अभ्यास नियमित रुपमा गर्ने हो भने मान्छेको मोटोपना घट्छ । तर, कामको व्यस्तताको कारण मानिसहरु नियमितरुपमा शारीरिक अभ्यास पनि गर्न भ्याउँदैनन । यदि तपाई पनि मोटोपनको शिकार हुनुहुन्छ भने यि कुराहरुलाई ध्यानपूर्वक विचार गर्नुहोस् । यदि तपाई राती सुत्नुभन्दा अगाडि यि पाँच उपायहरु अपनाउनुहुन्छ भने तपाईले मोटोपनलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ ।

सुत्नुभन्दा अघि खुर्सानीको सेवन :
खुर्सानीले बोसो घटाउने काममा धेरै नै प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । यसकारण सुत्नुभन्दा अगाडिको खानासँगै खुर्सानी खानुपर्छ ।

सुत्नुभन्दा अगाडि चिया पिउनुहोस :
राती सुत्नुभन्दा अगाडि ग्रीन चिया पिउनाले पनि शरीरको मेटाबोलिज्म बढ्छ । यसले रातभरी तपाईंको तौल घटाउने काम गर्छ ।

सुत्नुभन्दा अगाडि तनावमुक्त हुनुहोस् :
आनन्द महसुस गर्नसक्ने वातावरण बनाउनुहोस् । राम्रा राम्रा र सकरात्मक सन्देश दिने गीत सुन्नुहोस् । नुहाउनुहोस् । यसले तपाईलाई राम्रो निद्रा पार्न सहयोग गर्छ ।

रातीको खाना सात बजेसम्म खाइसक्नुहोस् :
ढिलो खाना खाने र भोजनलगत्तै सुतिहाल्ने गर्दा तपाईंको मेटाबोलिज्ममा प्रभाव पर्दछ । जसले तौल बढ्न सक्छ ।

खाना अगाडि सूप खानुहोस :
बिहान र बेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस