भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''परिवारले धुमधामसँग दसैं मनाइरहेको बेला कतारमा कार्यरत लमजुङका एक व्यक्तिको निधन भएको छ ।''




परिवारले धुमधामसँग दसैं मनाइरहेको बेला कतारमा कार्यरत लमजुङका एक व्यक्तिको निधन भएको छ ।


कतारमा नेपालीको निधन
आश्विन ३०, २०७३- लमजुङ–परिवारले धुमधामसँग दसैं मनाइरहेको बेला कतारमा कार्यरत लमजुङका एक व्यक्तिको निधन भएको छ ।
गौंडा-९, डाँडथोक घर भई हाल भोटेओडार बस्दै आइ कतारमा कार्यरत अन्दाजी ५० वर्षीय डम्बरबहादुर गुरुङको निधन भएको हो । ढिलो गरी प्राप्त जानकारी अनुसार गत सोमबार महानवमीको दिन कामबाट फर्केर राति सुतेपछि बिहान उनी आफ्नै कोठामा मृत भेटिएका थिए । ...
उनी कतारको एक कम्पनीमा ‘स्कापफोल्डिङ’ को काम गर्दै आएका थिए । उनको निधनको कारणबारे जानकारी नपाएको परिवारले जनाएको छ । उनी गतवर्षको भदौमा छुट्टीमा आएर पुन: कतार फर्केका थिए । परिवारका अनुसार उनले कतारमा काम गरेको ५ वर्ष भइसकेको थियो । त्यसअघि १० वर्ष साउदीमा काम गरेका उनले बीचमा ३/४ वर्ष विदेश नगई नेपालमै बसेका थिए । त्यसपछि उनी कतार गएका हुन् ।

गौंडा-३, छापडाँडा घर भइ हाल कतारमा कार्यरत डम्बरका छिमेकी औतबहादुर गुरङले दिएको जानकारी अनुसार डम्बरको शवलाई नेपाल पठाउनको लागि प्रहरीमा ‘रिपोर्ट’ बनाउने काम भइरहेको छ । कार्तिकको पहिलो साता शवलाई नेपाल पठाउने तयारी भइरहेको उनले बताए । ‘प्रहरीको रिपोर्ट सायद् २/३ दिनमा बन्ला । कम्पनी अनुसार ढिलो र चाँडो पनि हुनसक्छ’ उनले भने, ‘हामी पनि उहाँको शवलाई छिटो भन्दा छिटो स्वदेश पठाइदिने काममा लागेका छौं ।’ अक्टोबर १० तारिखमा कामबाट फर्केपछि खान खाएर सुतेका डम्बर भोलिपल्ट सुतेकै अवस्थामा कम्पनीका साथीहरुले मृत भेटिएको उनले बताए ।
डम्बरका भाइबुहारी मीना गुरुङका अनुसार जेठाजु (डम्बर) ले नवमी राती ९ बजेतिर फोन गरेका थिए । ‘जेठाजू बिरामी पनि हुनुहुन्थेन । मसँग राम्रै कुरा भएको थियो । भोलि (दशमी) टीकाको दिन फोन गर्छु कान्छी, भन्नुभएको थियो’ उनले भनिन्, ‘मलाई फोन गरेपछि जेठानी (डम्बरकी पत्नि) लाई राति ११ बजेतिर फोन गर्नुभएछ । भोलि फोन गर्छु भन्दै जेठाजू सुत्नु भएछ । हिजोपल्टमात्रै फोन गर्नुभएका जेठाजुको भोलिपल्ट बेलुकी ५ बजेतिर निधनबारे जानकारी आउँदा हाम्रो होस उड्यो ।’
उनका अनुसार सहरबजारमा रहेका सवै परिवारले टीकाजमरा लगाइसकेका थिए । ‘जेठानी (डम्बरकी पत्नि) र मेरो माइत कोल्की तस्यो भएकाले माइती जाने कुरा थियो । दिदीले भोलि जाने भन्दै हुनुहुन्थ्यो’ उनले भनिन्, ‘यतिकैमा जेठाजूको नराम्रो खबर आयो, दसैं त के भयो, के भयो ।’
गाउँमा ८५ बर्षीय आमा देउमाया मात्रै बस्दै आएकी छन् । जेठो छोराको निधनले उनी विछिप्त बनेको स्थानीयले बताए । साइँलोभाइ डिलबहादुर मलेसिया छन् । कान्छो भाइ सविन काठमाडौं बस्छन् । डम्बर पत्निसँगै १२ बर्षीय ठूलोछोरा राजन र १० बर्षीय कान्छो छोरा जेशन ७ बर्षयता भोटेओडारमा बस्दै आएका छन् । साइँलोभाइको परिवार पनि भोटेओडार बस्दै आएका छन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस