भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''स्वास्थ्य खबर गर्भवतीलाई तुलसीको पात खाँदा फाइदै फाइदा...जानी राखौ ''

स्वास्थ्य खबर गर्भवतीलाई तुलसीको पात खाँदा फाइदै फाइदा...जानी राखौ
तुलसी त्यस्तो जडीबुटी हो, जुन सजिलै जतातातै पाइन्छ । तुलसीमा एक-दुई मात्रै होइन कयौं औषधिका गुणहरु छन् । यसको सेवन सबै उमेरका मानिसका लागि फाइदाजनक हुन्छ । भिटामिन, र खनिज तत्वले भरिपूर्ण तुलसीको प्रयोग गर्भावस्थामा पनि त्यत्तिकै लाभदायक छ । तुलसीको तापको नियमित सेवनले ढल्किँदै गरेको उमेरको लक्षणहरु तत्काल देखिन दिँदैन । यसमा एन्टी फंगल गुणहरु पनि हुन्छ । खतरनाक खालका रोगहरुसँग लड्न पनि यसले सहयोग गर्छ । महिलाहरुको गर्भावस्थाको समयमा यो एक ‘सुपरफुड’ नै सावित भएको छ ।
गर्भावस्थामा तुलसीको प्रयोग किन ?
रक्तअल्पता रोक्न: गर्भमा बच्चा भएका बेला एमिनिया अर्थात रक्तअल्पता हुने खतरा बढेर जान्छ । गर्भावस्थामा जुन महिलामा रगतको कमी हुने समस्या हुन्छ, तिनलाई अअन्य अनेक प्रकारका संक्रमणको पनि डर हुन्छ । यस्तो बेलामा गर्भवती महिलाले केही तुलसीको पत्ता दैनिक खानु लाभदायक हुन्छ । यसले शरीरमा रातो रक्त केशिकाको वृद्धि गर्छ । यसले शरीरमा रगतलाई सन्तुलित बनाउन सहयोग पुर्‍याउँछ । थकान हटाउन: गर्भमा शिशु हुर्किरहँदा शरीरमा थकान महसुस हुनु समान्य हो । गर्भवती महिलालाई यस्तो थकान हटाउनका लागि तुलसी उपयोगी हुन्छ । यसले गर्भवती को शरीरमा उर्जा भर्ने काम गर्छ, जसले विहानको समयमा लाग्ने रिंगाटाबाट पनि टाढा राख्छ ।
पोषण सुधार्न: गर्भावास्थामा पर्याप्त पोषकतत्व आवश्यक पर्छ । तुलसीमा पाइने भिटामिनले यसको पूर्तिमा सहयोग गर्छ । खनिज तत्वले पनि शरीरमा पोषकीय स्याहार गर्छ ।
गर्भको विकास गराउन: गर्भमा हुर्किरहेको बच्चालाई पनि तुलसीको प्रयोगले फाइदा हुन्छ । गर्भमा शिसुको शारीरिक विकासमा तुलसीमा हुने सयौं पोषकीण गुणले लाभ पुर्‍याउँछ । बच्चालाई स्वस्थ राख्न गर्भवती महिलाले उचत मात्रामा तुलसी सेवन गर्नु उत्तम हुन्छ ।
रोगबाट बच्न: गर्भावस्थामा तुलसीको प्रयोगले सयौं प्रकारका बिरामी र संक्रमणलाई टाढा राख्न मद्धत गर्छ । तुलसीमा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुणहरु पनि हुन्छन । यसले गर्भवती महिला र गर्भको शिशुलाई रोगको शिकार हुनबाट जोगाउँछ । धेरै गुणहरु भएको तलसीको प्रयोग गर्भवती महिलाले अत्याधिक मात्रामा भने गर्नुहुँदैन । यसको अनियन्त्रित अन्य स्वास्थ्य समस्याहरु उब्जन सक्छन ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस