भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''मेरो गर्भमा कुनै असर त गर्दैन''

मेरो गर्भमा कुनै असर त गर्दैन

म २४ वर्षीया गर्भवती हुँ । हाम्रो विवाह भएको ४ वर्षपछि मात्र यो गर्भ रहेको हो । मेरो गर्भ ८ महिनाको भएको छ । अहिले मेरो योनिमार्गबाट सेतो पानी जान थालेको छ । मलाई डर लागिरहेको छ । यसले मेरो गर्भमा कुनै असर त गर्दैन ? मैले के गर्दा उपयुक्त हुन्छ ?

क....

गर्भावस्थामा हल्का सेतो पानी जानु सामान्य हो । यसले योनिमार्गलाई सुख्खा हुनबाट जोगाउँछ, तर बाक्लो गन्हाउने सेतो पानी जानुले यौनरोग तथा योनिमार्गमा संक्रमणको संकेत गर्छ ।
तपाईंंको प्रश्नमा कस्तो र कति सेतो पानी जान्छ, स्पष्ट छैन । अत्यधिक सेतो र गन्हाउने पानी जान्छ भने संक्रमण भएको हुन सक्छ । यो अवस्थामा भएको संक्रमणले गर्भमा असर गर्न सक्ने भएकाले तत्काल प्रसूति रोग विशेषज्ञबाट परीक्षण गराउनुपर्छ । सरसफाइमा ध्यान पुर्‍याउँदा तथा सुतीका अन्डरगार्मेन्ट्स प्रयोग गर्दा पनि केही फाइदा हुन सक्छ
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस