भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''यस्ता छन् लसुन-प्याजका कैयौँ फाइदा''

यस्ता छन् लसुन-प्याजका कैयौँ फाइदा

जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस..
 
लशुन प्याजमा शरीरलाई फाइदा गर्ने महत्वपूर्ण गुण हुने चिकित्सकहरु बताउँछन् ।लशुनमा कीटाणुहरूलाई मार्ने विशेष तत्त्व हुन्छ भन्ने कुरा अमेरिकी वैज्ञानिकहरूले आफ्नो अनुसन्धानबाट देखाएका छन् । लशुनमा शरीरभित्र रहेका कीटाणुलाई मार्ने तत्त्व मात्र होइन, शरीरमा बढी मात्रामा ...रहेको एक प्रकारको बोसो कम गर्ने तत्त्व पनि हुन्छ । शरीरमा कोलेस्टेरोलको मात्रा बढी बन्दा मुटुका विभिन्न रोग लाग्छन् । शरीरमा कोलेस्टेरोलको मात्रा घटाउन लशुनको उपयोगिता सिद्ध भइसकेको छ ।

यसैले मुटुका रोगीहरूका निम्ति औषधि र विशेष प्रकारको भोजनको सल्लाह दिँदा डाक्टरहरूले दिनहुँ चार पोटी लशुन खाने सल्लाह पनि दिन्छन् । यसैगरी उच्च रक्तचापका बिरामीलाई पनि नियमित औषधि सेवन गर्ने, दैनिक रूपमा शारीरिक व्यायाम गर्ने, मानसिक तनाव आदिबाट मुक्त रहने तथा भोजनमा परिवर्तन गर्नुका साथै लशुन खाने सल्लाह दिइन्छ । लशुनमा एक विशेष प्रकारको तेल हुन्छ, जसबाट एक प्रकारको गन्ध आउने गर्छ ।

धेरै मानिस उक्त गन्ध मन नपरेर लशुन खाँदैनन् । तर, त्यही गन्धयुक्त तेलमा नै औषधीय गुण हुन्छ । लशुनमा रहेको तेलले बोसो घटाउन र उच्च रक्तचापलाई कम गर्नमा ठूलो मद्दत पुर्‍याउन सक्छ । लशुनमा हुने अनेकौं गुणहरूले नै आयुर्वेदमा यसलाई सर्वौषधि भनिन्छ । लशुनमा भएको विशेष तेलले पेटमा रहेका कीटाणुहरूलाई पनि नष्ट पार्छ । पेट खराब भएको बेलामा लशुन हालेको जाउलो बनाएर खाने चलन हाम्रो समाजमा अझै पनि भेटिन्छ ।

लशुनमा भएको तेलले रोगसँग लड्ने क्षमता पनि बढाउँछ, जसलाई शरीरको प्रतिरोधात्मक शक्ति भनिन्छ । यो प्रतिरोधात्मक शक्ति शरीरमा कम हुँदा हामीलाई रुघाखोकी लागिरहने समस्या हुन्छ । रुघाखोकी लागेका बेलामा लशुनको सूप बनाएर खाने चलन युरोपमा छ । शरीरको बाहिरी अङ्गमा घाउ निको पार्न पनि लशुनको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धताका युद्धमा घाइते भएका सिपाहीहरूको घाउ निको पार्न लशुनको लेप प्रयोग गरेका थिए । लशुन(प्याजमा भएको विशेष तत्त्वले पखाला रोक्न पनि मद्दत गर्छ । पखाला लागेको बेलामा दही, लशुन र प्याजको मिश्रण अलिअलि गर्दै दिनमा तीन(चार चोटि ख्वाउनु उचित हुन्छ । प्याजको यही गुणलाई थाहा पाएर यसबाट विशेष प्रकारको घरेलु औषधि बनाएर प्रयोग गर्ने गर्छन् । एजेन्सीको सहयोगमा
_______________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस