भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''राती गर्नुहोस् यी काम, एक महिनामा तौल घट्नेछ''


राती गर्नुहोस् यी काम, एक महिनामा तौल घट्नेछ

व्यस्त जीवनशैलीका कारण तपाईं दिउँसो तौल घटाउने कोसिस गर्न सक्नुहुन्न भने अब चिन्ता नलिनुहोस् । रातको समयमा केही काम गरेर तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ ।

१. एक कचौरा दहीः
बेलुकाको खानासँगै फ्याट नभएको दुधले बनेको एक कचौरा दही खानुहोस् । यसो गर्दा तपाईंको पेट छिट्टै भरिन्छ र तपाईंको पाचन प्रक्रिया सुध्रनेछ । दहीमा हुने प्रोटिनले सुतिरहेको समयमा शरिरको बोसोलाई घटाउन सहयोग गर्दछ ।

हल्का डिनरः
राती तेल र मसाला भएको खानेकुराको सट्टा सूप, दाल, ओट्स, खिचडीजस्ता हल्का खानेकुरा खानुहोस् । यसमा क्यालोरीको मात्रा कम हुन्छ तर यसमा पर्याप्त पोषक तत्व हुन्छ । यसले तौल घटाउन सहयोग गर्दछ ।

चाँडै खाना खानुहोस्ः
८ बजेसम्म रातीको खाना खाइसक्नुहोस् । सुत्नुभन्दा कम्तीमा ३ देखि ४ घण्टा पहिले डिनर गर्दा पाचन क्रिया राम्रो हुन्छ । यसले तौल नियन्त्रण गर्न निकै सहयोग गर्दछ ।

प्रोटिनयुक्त खानाः
राती अण्डा, पनिर, माछा, ड्राई चिकनजस्ता खानेकुरा खानुहोस् । यसबाट पर्याप्त प्रोटिन पाइन्छ जसलाई पचाउनका लागि शरिरले धेरै क्यालोरी खर्च गर्नेछ ।

ग्रीन टीः
सुत्नुभन्दा पहिले एक कप ग्रीन टी पिउनुहोस् । यसमा पाइने एन्टिअक्सिडेन्टले सुतिरहेका बेला शरिरको बोसोलाई घटाउन मद्दत गर्दछ ।



बेसार हालेको दुधः
राती सुत्नुभन्दा पहिले एक ग्लास बेसार हालेर दुध पिउनुहोस् । यसले पाचन क्रिया राम्रो हुन्छ र शरिरको बोसो तिब्र रुपमा घटाउन मद्दत गर्दछ ।

अँध्यारो कोठाः
सुत्ने क्रममा कोठामा नाइट ल्याम्पको प्रयोग नगर्नुहोस् । कोठा पूर्ण रुपमा अँध्यारो भए मिठो निन्द्रा लाग्छ । यसले तौल घटाउन पनि सहयोग गर्दछ । (द अमेरिकन जर्नल अफ इपिजियोमोलोजीको रिपोर्ट)

खुर्सानी खानुहोस्ः
राती खुर्सानी र केही पिरो खानुहोस् । खुर्सानीमा पाइने क्याप्सिकिनले शरिरको क्यालोरी खर्च गर्न सहयोग गर्दछ ।

थाहा पाउनुहोस्, के नखाने
कार्बोहाइड्रेट नखानुहोस्ः
राती रोटी, भात, इडलीजस्ता खानबाट बच्नुहोस् ।

कफी नपिउनुहोस्ः
राती सुत्नुभन्दा कम्तीमा दुई घण्टा अघि कफी नपिउनुहोस् । यसमा पाइने क्याफिनले निन्द्रा लाग्न दिँदैन । राती राम्रोसँग ननिदाउँदा शरिरमा तौल बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ ।

गुलियो फलफूलः
राती केरा, अनारजस्ता फलफूल नखानुहोस् । यसमा क्यालोरीको मात्रा धेरै हुन्छ जसले तौल बढाउन सहयोग गर्दछ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस