भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''पिनास भनेको साइनसहरुको संक्रमण हो ''

पिनासको संक्रमणबाट जोगिने उपाय

पिनास भनेको साइनसहरुको संक्रमण हो ।

साइनस भनेका टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरुको माध्यमबाट नाकको श्वासमार्गसंग जोडिएका हुन्छन् ।

pinas

लक्षणहरु
नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने
नाक बन्द भइरहने
टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहन
सुघ्ने शक्तिमा कमि आउने
कसैकसैमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ ।
विशेष गरी टाउको अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ ।
साधारण रुघाबाट शुरु भएर पछि पिनास हुनसक्छ

यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दति अपनाउनु वा औषधि सेवन गर्नु उचित हुन्छ । पिनास चिकित्सकले समान्यतया लक्षण् हेर्दा नै थाहा पाए पनि कुनै अवस्थामा पत्ता लगाउनका लागि एक्सरे, सिटि स्क्यान, रगतको जाँच, साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ ।
यसको उपचारमा घरेलु औषधिहरु पनि प्रभावकारी हुने गर्छन ।
प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ ।
पानी मात्रको वाफ वा पानीसँग भिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र श्वासनलीहरु केहि खुल्न गई आराम महसुस हुन्छ ।
मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ ।
मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ ।
साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ
पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ ।
धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ ।
चुरोटको धुँवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस