भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''किन यी अविभाहीत जाेडीले एउटै डोरीको पासो लगार्इ गरे आत्महत्या ? ''


किन यी अविभाहीत जाेडीले एउटै डोरीको पासो लगार्इ गरे आत्महत्या ?

झापा ७ माघ । समाजमा अन्तरजातीय विवाहले अझैंपनि मान्यता पाएको छैन । यदा कदा प्रेम मार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरे पनि पूर्ण रुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । यसकै पछिल्लो उदाहरण हो – झापाको कनकाई नगरपालिका –६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका इश्वर भट्टराईको आत्महत्या पनि । उनीहरुले आज विहान एकै ठाउँमा आत्महत्या गरेका छन् ।


कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीय तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसैंको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार विहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लाष्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन् । आत्महत्या गरेका उनीहरु अंगालोमा वाधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्वन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ प्रहरी नायव उपरीक्षक थेवेले भन्नुभयो ।

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक श्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसंग निश्चित भएर फूलमाला भएको बताइएको छ । भट्टराई भने चालकको काम गर्दै आएको र उनले ट्याक्टर चलाउदै आएको स्थानीयवासीले बताएका छन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस