भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''गर्भवती महिलाको कोठामा राख्नुहोस् यी ८ वस्तुः आमा हुनेछिन् स्वस्थ, बच्चा प्रतिभावान्''


गर्भवती महिलाको कोठामा राख्नुहोस् यी ८ वस्तुः आमा हुनेछिन् स्वस्थ, बच्चा प्रतिभावान्

हाम्रो अगाडि महाभारतभन्दा अर्को दोस्रो उदाहरण हुन सक्दैन । हो, अभिमन्युले आमा सुभद्राको गर्भबाटै धेरै कुरामा निपुणता हाँसिल गरेका थिए । यस बारे थाहा नहुने सायदै कोही होला । वास्तवमा, गर्भवती महिलाको स्वास्थ्यदेखि निकै स–साना कुराहरुको ख्याल राख्नुपर्छ जसको असर गर्भमा रहेको बच्चामा समेत पर्ने गर्दछ । गर्भवती हुँदा आमाले जुन वातावरण पाउँछिन् बच्चा पनि त्यस्तै हुन्छ । यस्तो अवस्थामा हामीले वास्तु शास्त्रलाई अनुसरण गर्ने प्रयास गर्नुपर्ने हुन्छ । वास्तुशास्त्रको अनुसार यदि केही विशेष कुरा गर्भवती महिलाको कोठामा राखे महिला र बच्चा दुबै स्वस्थ रहनुका साथै जन्मिने बच्चा निकै गुणी र प्रतिभावान् हुनेछ ।
१. मयुरको प्वांखः
मयुरको प्वांख भगवान् कृष्णसँग सम्बन्धित छ । यस्तो अवस्थामा घरको मन्दिर वा गर्भवती महिलाको कोठामा मयुरको प्वांख राखिनु निकै शुभ मानिन्छ । मयुरको प्वांख देख्नु आमा र बच्चा दुबैको लागि निकै शुभ मानिन्छ ।
२. पहेंलो चामलः
पहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।
३. कृष्ण र आमा यशोदाको तस्बिरः
आफ्नो जन्मिने बच्चा भगवान् कृष्णजस्तो गुणकारी र प्रतिभावान् होस् भन्ने चाहना सबैको हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा भगवान् कृष्ण र यशोदाको तस्बिर राख्दा राम्रो मानिन्छ । बिहान उठ्ने बित्तिकै देखिने ठाउँमा यो तस्बिर राखिनुपर्छ ।
४. गुलाबी रंगः
गुलाबी रंगलाई खुसी र आनन्दको प्रतिक मानिन्छ त्यसकारण जुन कोठामा गर्भवती महिला सुत्छिन् त्यहाँ धेरैभन्दा धेरै गुलाबी रंगको प्रयोग गरिए, त्यो शुभ मानिन्छ । यदि झ्याल–ढोका गुलाबी छैन भने पनि गुलाबी रंगको कुनै तस्बिर वा यो रङको शो–पिस राखिन सकिन्छ ।
५. वास्तुदेवको तस्बिरः
थुप्रै पटक कोठाको वास्तुमा गडबडी आउने गर्दछ जुन हामीलाई थाहा हुँदैन । र यसको असर आमा र बच्चा दुबैमा पर्छ । त्यसकारण वास्तुदोषलाई हटाउनका लागि कोठामा वास्तु देवको मूर्ती वा तस्बिर राखेमा राम्रो मानिन्छ । यसले आमा–बच्चामा आइपर्ने समस्याबाट जोगाउँछ ।
६. हाँसिरहेको, खुसी भएको बच्चाको तस्बिरः
कोठामा हाँसिरहेको र खुसी भएको बच्चाको तस्बिर टाँस्दा जन्मिने बच्चा हँसिलो र शान्त हुने कुरा धेरै मानिसलाई थाहा होला । यो तस्बिर उत्तरपट्टीको भित्तामा राख्दा शुभ मानिन्छ ।
७. तामाको केही वस्तु:
तामा नराम्रो नजरबाट बचाउनमा निकै प्रभावकारी मानिन्छ । यति मात्र होइन, यसले नकारात्मकता हटाउन पनि सहयोग गर्दछ । यस्तो अवस्थामा तामाबाट बनेको केही वस्तु कोठामा पक्कै पनि राख्नुहोस् ।
८. राम्रो स्वास्थ्यका लागि सेतो रङः
सेतो रङ शान्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ । यो रंगको कुनै तस्बिर र शो पिस कोठामा राख्दा आमा र बच्चाको स्वास्थ्य निकै राम्रो हुन्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस