स्वास्थ्य खबर गर्भवतीलाई तुलसीको पात खाँदा फाइदै फाइदा...जानी राखौ
तुलसी त्यस्तो जडीबुटी हो, जुन सजिलै जतातातै पाइन्छ । तुलसीमा एक-दुई
मात्रै होइन कयौं औषधिका गुणहरु छन् । यसको सेवन सबै उमेरका मानिसका लागि
फाइदाजनक हुन्छ । भिटामिन, र खनिज तत्वले भरिपूर्ण तुलसीको प्रयोग
गर्भावस्थामा पनि त्यत्तिकै लाभदायक छ । तुलसीको तापको नियमित सेवनले
ढल्किँदै गरेको उमेरको लक्षणहरु तत्काल देखिन दिँदैन । यसमा एन्टी
फंगल गुणहरु पनि हुन्छ । खतरनाक खालका रोगहरुसँग लड्न पनि यसले सहयोग गर्छ
। महिलाहरुको गर्भावस्थाको समयमा यो एक ‘सुपरफुड’ नै सावित भएको छ ।
गर्भावस्थामा तुलसीको प्रयोग किन ?
रक्तअल्पता रोक्न: गर्भमा बच्चा भएका बेला एमिनिया अर्थात रक्तअल्पता हुने
खतरा बढेर जान्छ । गर्भावस्थामा जुन महिलामा रगतको कमी हुने समस्या हुन्छ,
तिनलाई अअन्य अनेक प्रकारका संक्रमणको पनि डर हुन्छ । यस्तो बेलामा
गर्भवती महिलाले केही तुलसीको पत्ता दैनिक खानु लाभदायक हुन्छ । यसले
शरीरमा रातो रक्त केशिकाको वृद्धि गर्छ । यसले शरीरमा रगतलाई सन्तुलित
बनाउन सहयोग पुर्याउँछ । थकान हटाउन: गर्भमा शिशु हुर्किरहँदा शरीरमा थकान
महसुस हुनु समान्य हो । गर्भवती महिलालाई यस्तो थकान हटाउनका लागि तुलसी
उपयोगी हुन्छ । यसले गर्भवती को शरीरमा उर्जा भर्ने काम गर्छ, जसले विहानको
समयमा लाग्ने रिंगाटाबाट पनि टाढा राख्छ ।
पोषण सुधार्न:
गर्भावास्थामा पर्याप्त पोषकतत्व आवश्यक पर्छ । तुलसीमा पाइने भिटामिनले
यसको पूर्तिमा सहयोग गर्छ । खनिज तत्वले पनि शरीरमा पोषकीय स्याहार गर्छ ।
गर्भको विकास गराउन: गर्भमा हुर्किरहेको बच्चालाई पनि तुलसीको प्रयोगले
फाइदा हुन्छ । गर्भमा शिसुको शारीरिक विकासमा तुलसीमा हुने सयौं पोषकीण
गुणले लाभ पुर्याउँछ । बच्चालाई स्वस्थ राख्न गर्भवती महिलाले उचत
मात्रामा तुलसी सेवन गर्नु उत्तम हुन्छ ।
रोगबाट बच्न:
गर्भावस्थामा तुलसीको प्रयोगले सयौं प्रकारका बिरामी र संक्रमणलाई टाढा
राख्न मद्धत गर्छ । तुलसीमा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुणहरु पनि
हुन्छन । यसले गर्भवती महिला र गर्भको शिशुलाई रोगको शिकार हुनबाट जोगाउँछ ।
धेरै गुणहरु भएको तलसीको प्रयोग गर्भवती महिलाले अत्याधिक मात्रामा भने
गर्नुहुँदैन । यसको अनियन्त्रित अन्य स्वास्थ्य समस्याहरु उब्जन सक्छन ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस