भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी १० उपायहरु''

शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी १० उपायहरु
शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ ।
१‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।
२‍. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।
३‍. बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।
४‍. अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।
५‍. चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।
६‍. अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।
७‍. एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।
८‍. साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।
९‍. दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।
१०‍. खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ । स्वास्थ्य खबर पत्रिकाबाट
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस