सेनाको काम गरेर पैसा नपाएका ठेकेदारले ७१ लाख रकम पाएरै छाडे
काठमाण्डौ । सेनाको काम गरेर पैसा नपाएका ठेकेदार दुर्गा तण्डुकारले ७१ लाख रकम पाएरै छाडे । आज हामी त्यो दिनलाई सम्झिरहेका छौ जव मर्नु वाहेक कुनै विकल्प नरहेको भन्दै भिजेका आंखा हराएको होस र डराएको मन लिएर दुर्गा तण्डुकार हाम्रो कार्यालय आएका थिए ।
यति ठुलो रकम कसरी र कुन उपाय लगाएर उठाइदिने होला भन्ने वारे हामीले केही सोच्न सकेका थिएनौ तर मनमा दृड विश्वास थियो कि दुर्गा तण्डुकारलाई निरास वनाईनेछैन् । केही नसोची ठुलो आत्मविश्वास र ईच्छाशक्ती लिएर हामीले उन्लाई भनेका थियौ हामी कुनै हालतमा पनि तपाईलाई न्याय दिलाएरै छाड्छौ ।
करिव दुई महिनाको लडाईमा आज गर्वको महशुस भएको छ । सायद नेपाली टेलिभिजनको ईतिहासमा कुनै कार्यक्रम निर्माण गरेर, रिपोट प्रशारण गरेर कसैको डुवेको ७१ लाख उठाईएको यो पहिलो घटना होला । बधाई दुर्गा तण्डुकार र उन्का परिवारलाई धन्यावाद स्वदेश र विदेशमा बसी हरपल हामीलाई साथ, सहयोग, हौसला र प्रेरणा दिने लाखौ लाख दर्शकहरुलाई । साथै धन्यावाद गौरवशाली ईतिहास बोकेको नेपाली सेनालाई जसले पीडितहरुलाई न्याय दिन अथक प्रयास ग¥यो ।
दुर्गा तण्डुकारले नगरकोटमा काम गरेको पैशा मात्र पाएका हुन् । दुर्गा तण्डुकार, रमेश श्रेष्ठ र माधव खतिवडाले छाउनीमा घर बनाउदा गरेको कामको ६० लाख रकम अझै पाएका छैन्न् । अव पुर्व जर्साव नरेश बस्नेत, पुर्व कर्नेल गोपाल भण्डारी र केही अन्य व्यक्तीहरुमा अनुरोध छ नेपाली सेनाको प्रतिष्ठामा आंच आउने गरि यसको मर्यादा नाघेर कसैले पनि एक पैसा हिनामिना गर्नुभएको छ भने सच्चिने अवसर नगुमाउनुहोस् ।
हामी राष्ट्रको गौरव नेपाली सेनालाई बदनाम गराउने जो कोहीको पनि निगरानी र फलोअप गरिरहेका छौ । अर्काे अंक प्रशारण गर्दा यसरी नै बांकी पीडितहरुले पैसा दिएको रिपोट प्रशारण गर्न पाईयोस र यो दशै सेनाका भवनहरु बनाउन आफ्नो नग्रा खिआएका सवै व्यक्तीहरुका लागि उल्लास मय बनोस । – सिधाकुरा / न्यूज २४ नेपाल ।