भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''भाइरल भएको यो फोटोका कारण यो जोडीलाई १० वर्ष जेल, यस्तो छ कारण पुरा जानकारी हेर्नु होला भिडियो सहित ''

भाइरल भएको यो फोटोका कारण यो जोडीलाई १० वर्ष जेल, यस्तो छ कारण
पुरा जानकारी हेर्नु होला भिडियो सहित

एजेन्सी। सामाजिक संजालमा छाएको यो फोटोका कारण यो जोडीले १० वर्ष जेल सजाय व्यहोर्नुपर्ने भएको छ । बेहुलाबेहुलीको पहिरनमा रहेका यो जोडीको फोटो श्रीलंकाको हो । यो फोटो अहिले निकै शेयर भइरहेको छ । तर यही फोटोका कारण यी दुवै कानुनी झमेलामा फसेका छन् ।

यो फोटोमा बेहुलीले लगाएको सारीका कारण उनी निकै चर्चामा आएकी थिइन् । श्रीलंकामा कुनै पनि बेहुलीले लगाएको यो सबैभन्दा लामो सारी हो । आफ्नो बिहेमा यी बेहुलीले २ माइल लामो सारी लगाएकी थिइन् । तर अहिले जुन सारीले चर्चा दिलाएको थियो त्यही सारीले उनलाई जेल पु¥याउन लागेको छ । यी बेहुलीले आफ्नो २ माइल लामो सारी समात्न स्कुलका २ सय ५० बालबालिका मगाएकी थिइन् ।

श्रीलंकाको ‘द नेशनल चाइल्ड प्रोटेक्सन अथोरिटी’का अनुसार स्कुलमा पढाइका बेला यसरी बालबालिकालाई निजी कार्यक्रममा लैजानु गैरकानुनी हो । यसका लागि १० वर्षसम्म जेल सजाय हुन सक्छ । यी बालबालिकाहरु श्रीलंकाका दुई स्कुलबाट मगाइएका थिए । अथोरिटीका अध्यक्ष मारिनी डि लिवेराका अनुसार यो विषयमा दोषीलाई छिटै सजाय तोकिनेछ । यस्तो चलन रोक्नका लागि सजाय तोकिनु जरुरी भएको उनको भनाइ छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस