भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''भारत को रेकर्ड तोड्दै नेपालीले गिनिज बुकमा राखे नयाँ रेकर्ड'''

भारत को रेकर्ड तोड्दै नेपालीले गिनिज बुकमा राखे नयाँ रेकर्ड

नुवाकोटका अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड कायम गरेका छन् । यसअघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घन्टा ३२ मिनेटलाई तोड्दै केसीले ४ घन्टा ४ मिनेट बढी बोलेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम दर्ता गराएको आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।

असोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मिनेटमा ८० घन्टा ४ मिनेट पार गरेको समय मूल्यार्नी संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।
ओझाले भने, ‘उहाँ लगातार बोल्नुभएको हो । र, अब हामीले यो रेकर्ड लन्डनस्थित गिनिज बुक अफ वल्र्ड रेकर्डको मुख्य कार्यालयमा केही समय लगत्तै पठाउँछौं । त्यसपछि यसको नतिजा आउनेछ ।’

अन्तिम मूल्यार्नीकर्ताका रूपमा करातेका राष्ट्रिय निर्णायक श्याम रोका र राजनप्रसाद दाहाल थिए । ओझा एसियन कराते महासंघका अन्तर्राष्ट्रिय निर्णायक हुन् । लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए । उनले ७७ वटा विषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रवक्ता प्रदीप भुसालले जानकारी दिए ।

काठमाडौंको टेक्सास कलेजको कम्युनिटी हलमा आइतबार पत्रकार सम्मेलन गरेर विश्व रेकर्डबारे जानकारी गराएको आयोजक संस्थाका अध्यक्ष नारायण रिजालले बताए । विश्व रेकर्ड कायम गरेपछि सचिवालय प्रमुख तेजु नेपालले भने, ‘समग्र लायन्स र विश्वमा बसेका नेपालीका लागि ऐतिहासिक गर्वको विषय हो । र, अब हामी उहाँलाई चिनाउन टिम परिचालन गरेर लागिपर्छाैं ।’

भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस