भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''सिंहदरबारमा ६४ जना बेकामे डाइनाहरु छन्’: ओली''

‘सिंहदरबारमा ६४ जना बेकामे डाइनाहरु छन्’: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता लागु भएसँगै सरकारमा जानेले तलब भत्ता खाने र गाडी चढने बाहेक अरु काम गर्न नसक्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकार बिस्तारका लागि मन्त्रालय पनि बाँकी नरहेको अवस्थामा मन्त्रीपरिषद् बिस्तार गरिएको भन्दै अहिले भएका ६४ जना मन्त्री नै बेकामे भएको बताए ।

‘एकथरी काम नगर्ने र खानेमात्र मौरी हुन्छन्, तीनलाई डाइना भन्छन्। यतिबेला सरकार बस्ने ठाउँ, सिंहदरबारमा ६४ जना डाइनाहरु छन्’, अध्यक्ष ओलीले भने, ‘ती ६४ जना बेकामे छन्। बेकामे मैले भनेको होइन तिनको जिम्मेवारी नै त्यसैगरी तोकिएको छ। तिनलाई बिनाविभागीय भनिएको छ, कुनै विभाग विनाका, कुनै जिम्मा विनाका।’

ओलीले नेपालमा राष्ट्रियता र समृद्धि चाहने र खान मात्रै खोज्नेहरुका बीचमा ध्रुवीकरण भैरहेको बताए । उनले भने, ‘नेपालमा यतिबेला राष्ट्रियता र समृद्धि चहाने र खान मात्रै खोज्नेहरुका बीचमा एकता भैरहेको छ’, उनले भने, ‘राष्ट्रियता र समृद्धि चाहनेहरुको अगुवाइ एमालेले गरिरहेको छ।’

कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले कांग्रेसलाई पुरानो र मक्किएको पार्टीको संज्ञा दिए। उनले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तन कांग्रेसबाट सम्भव नभएको बताए। ‘अब धोद्रो भएको, पात झरेको, मक्किएको रुखमा तपाईंहरुको पसिना खर्च हुनुहुँदैन।’
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस