भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''चाडपर्वमा महिनावारी के गर्ने ? महिनावरी सार्न सकिन्छ''

चाडपर्वमा महिनावारी के गर्ने ? महिनावरी सार्न सकिन्छ

तिहारमा पूजाआजा गर्ने परम्परा छ । लक्ष्मीको पूजा गरिन्छ । गाईको पूजा गरिन्छ । भाइ टिका मनाइन्छ । यमपञ्चकका पाँचै दिन कुनै न कुनै किसिमको पूजाआजा गरिन्छ । यसबेला चोखो एवं शुद्ध हुनुपर्ने मान्यता छ ।

यस्तो अवस्थामा कतिलाई मासिक श्राव पनि हुनसक्छ । किनभने कतिको मासिक चक्र अनुसार ठीक यहि समयमा महिनावरी हुने बेला भएको हुनसक्छ । मासिक श्राव भए पूजापाठमा सहभागी नहुने हाम्रो धार्मिक चलन छ । त्यस्तो अवस्थामा के गर्ने ?
शुभकार्यमा ‘नछुने’

महिनावारी एक नियमित र अत्यन्त प्राकृतिक प्रकृया हो । तर पनि हाम्रो समाजमा महिनावारी भएको अवधिलाई ‘नछुने’ पनि भन्ने गरिन्छ । समान्यतयाः यो बेलामा कुनै पनि धार्मिक तथा सांस्कृतिक अस्था भएको शुभ कार्यमा सहभागी नहुने तथा कसैलाई नछुने र छोएको नचल्ने भएकोले पनि नछुने भनिएको हो ।

यद्दपि महिनावारी हुनु भनेको एउटा सामान्य शारिरीक प्रक्रिया मात्र हो । शारिरीक रुपमा परिपक्कता आए पछि मुख्यतया ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोनले गर्दा पाठेघरको भित्रि तहमा आएको परिवर्तन र सो तह टुक्रिएको कारणले महिनावारी हुने गर्छ ।

महिनावारी हुनुका पछाडि हाईपोथालामस्, पिट्युटरी ग्रन्थी, अण्डास्य र पाठेघर सबैको आ-आफ्नै भूमिका रहेको हुन्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस