भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''श्रीमतीसँग भिडियो कल गरेको पाचँ मिनेटमै मलेसियामा एक नेपालीको मृत्यु ''

श्रीमतीसँग भिडियो कल गरेको पाचँ मिनेटमै मलेसियामा एक नेपालीको मृत्यु !

मलेसिया – मलेसियामा आइतबार विहान करिव साढे ८ वजेतिर एक नेपालीको मृत्यु भएको छ । तेह्रथुम जन्म घर भएपनि मोरगमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको मृत्यु भएको हो ।केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार मात्र डीचार्ज भएर होस्टेलमा फर्किएका थिए । आइतबार विहान आफैले जाउलो बनाएर खाएर नेपालमा श्रीमतीलाई भिडियो कल गरेर सोमबार काठमाडौं लिन आउनु भन्दै कुराकानी गरेका थिए । कुराकानी नटुगिदै कल काटिएपछि पुन श्रीमतीको भिडियो कल आइरहँदा उनले मुखवाट फिज निकालिसकेका थिए । के भयो, के भयो भन्दा भन्दै उनको मुत्यु भइसकेको सोही कम्पनीमा कार्यरत गंगाराम जैसीले बताए ।

शवलाई पोस्टमार्टको लागि स्थानीय केलाग अस्पतालमा लगिएको छ । सेक्यूरिटी कम्पनीमा कार्यरत लिम्वु करिव ४४ वर्षका हुन् । परिवारलाई खवर कसरी गर्ने र के भनेर यस्तो खवर दिने भनेर उनका साथीहरु निकै अन्योलमा परिरहेका छन् । सोही कम्पनीमा कार्यरत अर्का एक नेपालीको पनि तीन हप्ता अगाडि मृत्यु भएको थियो ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस