भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) को दुरुपयोग

असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) को दुरुपयोग


असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेका पाइएको छ । ‘लिभिङ टुगेदर’ रहेका जोडीमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ पनि नबसोस् ।’

असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउछन् । ।

स्कुल र कलेजका छात्रा बढी :‘पछिल्लो समय ७२ घण्टे चक्की (आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मेनु आचार्य भन्छिन्, ‘यो चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा बढी पाइएको छ ।’ राजधानी दैनिक
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस